• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विदेशबाट आउने स्यानेटरी प्याडमा अचाक्ली नाफा, स्वदेशी उद्योगलाई प्रतिस्पर्धा गर्नै सकस


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • विराटनगर । स्यानेटरी प्याड उद्योगलाई सरकारले सहयोग गरे पनि बाहिरबाट आयात हुनेको मूल्य नतोकिँदा नेपाली उत्पादनलाई समस्या परेको छ । सरकारले स्यानेटरी प्याड उद्योग स्थापना गर्नेलाई कर छुट दिएको छ । यस्तै स्यानेटरीको कच्चा वस्तु आयातमा भन्सारदर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    Advertisement

    कच्चा पदार्थमा पनि भन्सार दर कम गरेर सहुलित दिएको स्यानेटरी प्याड उद्योगी पुनित सारडाले बताए । ‘पहिला १० देखि १५ प्रतिशत भए पनि विगत ३ वर्षदेखि ५ प्रतिशत छ’, उनले भने, ‘सरकारले आफ्नो तवरबाट गर्न सक्ने सपोर्ट राम्रो गरेको छ स्यानेटरी उद्योगलाई ।’ सरकारले स्यानेटरी प्याड उद्योगलाई राम्रो गरेको र नीति पनि राम्रो बनाएकाले पछिल्लो समयमा उद्योगहरु पनि स्थापना भएको उद्योगी सारडाको भनाइ छ ।

    पहिला एक दुइटा स्यानेटरी प्याड उद्योग भएकोमा अहिले ६ वटा पुगेको उनले बताए । विराटनगरमा दुइवटा स्यानेटरी प्याड उद्योग रहेको उनले जानकारी दिए ।

    नेपाली उद्योगले बजारको माग अनुसारको उत्पादन गर्न सक्ने जस्विन हाईजिङका सञ्चालक समेत रहेका सारडाले बताए । आफ्नो उद्योगको वार्षिक २० करोड थान प्याड उत्पादन गर्ने क्षमता रहेको बताउँदै उनले सबै जसो उद्योगको क्षमता यति नै हुने बताए ।

    उनकाअनुसार हामी स्यानेटरी प्याडमा आत्मनिर्भर भए पनि  बजार भने आयातित स्यानेटरी प्याडले खाइरहेको छ । ‘उनीहरुकोे ब्रान्ड बिक्री भइरहेको छ, विश्वविख्यात ठूलो कम्पनीको ब्रान्ड भएकाले ग्राहकलाई मानसिकता परिवर्तन भएको छैन्’, उनले भने, ‘हाम्रो उत्पादन भए पनि बजारमा बिक्री गर्न समस्या भइरहेको छ ।’ उतिकै गुणस्तर र सस्तो भए पनि बजारमा बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।

    ‘ग्राहकले पहिलादेखि ब्रान्डलाई पैसा हालिरहेका छन्, वस्तु कस्तो गुणस्तरको छ त्यो मतलब छैन’, उनले भने । हाम्रो उत्पादन सस्तो  र गुणस्तरीय भए पनि आयातित प्याडको ब्रान्डले गर्दा बजार लिन नसकेको उनको भनाइ छ ।

    आयातित स्यानेटरी प्याडमा मूल्य अनिवार्य हुनुपर्ने व्यवस्था सरकारले नगरेका कारण यसको फाईदा विदेशी ब्रान्डले लिने गरेको सारडाको भनाइ छ । ‘मूल्य नलेखिएको हुँदा ४० को माललाई ७५ मा बेच्ने वा जतिमा पनि बेच्ने, नाफा धेरै हुने भएकाले व्यापारीले आयातित प्याडलाई नै प्राथमिकता दिने गरेका छन्’, उनले भने, ‘हाम्रो मूल्य लेख्या हुन्छ, त्यो भएपछि १५ प्रतिशत मात्र नाफा खाएर बेच्न पाउँछ, हाम्रो बस्तुको माग कम गर्छन ।’

    सरकारले जसरी नेपाली स्यानेटरी प्याड उद्योगलाई सहुलियत दिएको छ त्यसैगरी अब विदेशबाट आउने स्यानेटरी प्याडको मूल्य अनिवार्य गर्नुपर्ने उनले बताए । मूल्य अनिवार्य गर्यो भने हाम्रो उत्पादनको माग बजारमा बढ्ने र उद्योगहरु सञ्चालन भईरहने उनको भनाइ छ ।

    आयातित स्यानेटरी प्याडको अनिवार्य मूल्य हुनुपर्ने व्यवस्था नगरिए स्वदेशी  उद्योग टिक्न गाह्रो हुने उनको भनाई छ । एउटा उद्योग सञ्चालन गर्न ५० करोड रुपैयाँ लाग्ने बताउदै उद्योगी सारडाले लगानी बचाउन पनि सरकारले आयातित स्यानेटरी प्याडको मूल्य अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.