काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत चितवनका पाँच स्थानिय तहमा पदाधिकारीहरु निर्वाचित भएका छन् । सात मध्ये पाँच स्थानीय तहमा भएको अधिवेशनमा तीन वटामा रामचन्द्र पौडेल पक्षका र दुई वटामा देउवा पक्षका पदाधिकारी निर्वाचित भएका छन् । कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट नयाँ पदाधिकारीहरु चयन भएका हुन् ।
निर्वाचित हुनेहरुमा राप्तीमा देवेन्द्र लामा, कालिकामा दीपेश्वर केसी, खैरहनीमा गुणराज श्रेष्ठ , माडीमा कोमलनाथ भुषाल, र इच्छाकामनामा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै बााकी २ पालिका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज निर्वाचन हुँदैछ । भरतपुर महानगरमा सभापति पदमा पाँच जना उम्मेदवारहरू छन् भने रत्ननगर नगरपालिकाको सभापतिमा २ जनाको प्रतिस्पर्धा हुँदैछ ।
