फ्रेंड्स अफ भरतपुर अस्पतालले २ साताको स्थलगत अध्ययन पछि १८ बूढ़े सुझाब पत्र अस्पताललाई बुझाएको छ । आज दिउसों एक औपचारिक कार्यक्रमका बीच फ्रेंड्स अफ भरतपुर अस्पतालका संयोजक राजू पौडेलले अस्पतालका नी मे सु प्रा डा कृष्ण पौडेललाई सुझाब पत्र पेस गर्नु भएको थियो।
उक्त सुझाब पत्र २ हप्ता देखि स्थल गत अनुगमन र अन्य सम्बन्धित पक्षबाट संकलन गरेर यूवा संजलका संयोजक सन्देश वाग्लेको नेतृत्व गरेको समूहले तयार परेको थियो। सुझाब पत्रमा बिशेष गरी अस्पतालको बाहिरी स्वरूप कसरी राम्रो र सुन्दर देखाऊन सकिन्छ भन्ने बूदाहरु समाबेश गरिएका छन् ।
उक्त कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष भोजराज अधिकारी ,युवा संजालका सचिब अमृत सापकोटा , समाजसेवी दिवाकर राज श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
