सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जोड दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।
सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिनुभयो । त्यस्तै पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको उहाले जानकारी दिनुभयो ।
माओवादीले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।
