• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनका आज ‘जितिया पर्व’ मनाउँदै


  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
  • चितवन : थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास हुनेगर्छ । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ । यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र जहिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ ।

    Advertisement

    आज थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

    जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्थ्यो तर गत वर्ष झै यस वर्ष पनि कोरोना भाईरस (कोभिड–१९) को प्रकोपले जितियाको खासै चहलपहल छैन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास हुन्थ्यो। तर कोरोना (कोभिड–१९) का कारण थारु समुदायका महिलाहरु खुल्ला तरिकाले झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाउन सकिरहेका छैनन् । बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व आ–आफ्नो घरमा सुरक्षित रहेर घरपरिवारमा सीमित भई मनाइरहेका छन् । विगतका वर्षहरुमा विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्थ्यो तर यसवर्ष पनि कोरोना प्रकोपले जितियाको चहलपहल छैन ।

    चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुनेगर्दछ ।

    आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व मनाईन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो मंगलवार) सप्तमीको दिन भएकोले महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि मात्रै खानेकुरा खाएका थिए ।

    आज (बुधवार) अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई घुवाई गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउछन् । महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन्। बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।

    रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही जथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन्। भोलिपल्ट अर्थात् नवमीको दिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।

    खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ। त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

    सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको छ । यो पर्वले महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ ।

    विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहनबाबाको नामले पुर्जा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलीहरुले यो पर्वमा ब्रत लिन सक्छन्। विवाहितले श्रीमान र आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै निरहार ब्रत बस्छन् भने अविवाहीत चेलीहरुले जितबाहन जस्तै सुयोग्य पत्ति प्राप्तीका लागि निरहार ब्रत बस्ने चलन छ । चौबिसघन्टे लामो व्रतपछि मात्र चेलीहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

    यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुखका कुरा साट्ने अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको छ ।

    जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तरपनि थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ ।

    अहिले काठमाडौंमा बस्ने थारु समुदाय लगाएत अन्य समुदायका महिलाहरुले पनि जितिया पर्व धुमधामका साथ मनाउने गर्छन् । संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेकाछन् । यसरी सामाजिक सद्धभाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व हो ।

    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.