• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निफ्राले ल्याएको हजारौ मेगावाट बिजुलीको व्यापार गर्ने कम्पनीलाई अर्थ मन्त्रालयले रोक्यो किन ?


  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले ल्याएको विद्युत व्यापार कम्पनी स्थापना गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । सरकार, निजी क्षेत्र र विदेशीको समेत लगानीमा विद्युत व्यापार कम्पनी स्थापना गर्नका ऊर्जा मन्त्रालयमार्फत सहमतिका लागि प्रस्ताव अर्थमा पुगेको थियो ।

    Advertisement

    प्रस्ताव पेश गरेको झण्डै ६ महिना बितिसक्दा पनि अर्थले कम्पनी गठनका लागि स्वीकृति दिएको छैन । निफ्राले वैशाखमा कम्पनी स्थापनाका लागि प्रयास थालेको हो । निफ्राले व्यापार कम्पनी सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकामा स्थापनाको प्रस्ताव गरेको छ ।

    अर्थसचिव मधुकुमार मरासनीले यस विषयमा जानकारी नभएको बताउदै बुझेर छिट्टै निर्णय गर्ने बताए । सचिव मरासनीले जानकारी नभएको बताए पनि कम्पनी गठनको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको टेवलमा पुगेको छ । अर्थमन्त्री शर्माले एक चरण छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

    निफ्राको सीईओ रामकृष्ण खतिवडा अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताउँछन् । उनले अर्थबाट सहमति प्राप्त गरेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश हुने जानकारी दिए ।

    कम्पनीमा भारतीय र बंगलादेशीहरुको समेत लगानीको प्रस्ताव गरिएको छ । विदेशी कम्पनीहरूको ३६, निफ्राको १५ देखि २०, सरकार तथा नेपाल विद्युत प्राधिकरणको २०, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले २५ देखि ३० र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) का लागि १० प्रतिशतसम्म स्वामित्व हुने प्रस्ताव गरिएको छ । पछि यो लगानी संरचनामा फेरवद हुने संभावना छ ।

    प्रस्तावित कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनेछ । सार्वजनिक महत्वका ठूला परियोजनाहरूको निर्माणमा पुँजी परिचालन गर्दा सरकार र निजी क्षेत्रको वित्तीय सहभागितामा व्यावसायिक समिश्रणबाट हुन लागेको हो । व्यापार कम्पनीले स्वदेश तथा भारतलगायत बंगलादेशमा बिजुली निर्यात गर्नेछ ।

    कम्पनीले पहिलो चरणमा कम्पनीले भेरी, कर्णाली र सेती करिडोरमा पहिचान भई विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नभएका ठूला आयोजनालाई लक्षित गरेको छ । विशेष नदी करिडोरमा रहेर काम गर्ने योजना कम्पनीको छ ।

    पहिलो चरणमा भेरी, सेती र कर्णाली करिडोरलाई जोड दिने तयारी निफ्राको छ । जसअनुसार फुकोट कर्णाली, बेतन कर्णाली, जगदुल्ला, भेरी, पश्चिम सेती, तिला १, तिला २ लगायतका ४ हजार ५०० मेगावाटका आयोजनाबाट उत्पादन हुने बिजुली किन्न र बनाउनका लागि लगानी जुटाउन पहल गर्नेछ ।

    प्राधिकरणले गर्ने पीपीएमा सरकारको दायित्व रहने र निजी क्षेत्र विद्युतको व्यापारमा आउँदा सरकारको आर्थिक दायित्व कम हुनेछ । यस्तै निजी क्षेत्रको विद्युत व्यापार कम्पनी आउँदा ठूला तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माणमा समेत निजी क्षेत्र आकर्षित हुने र राज्यलाई आर्थिक भार कम पर्ने देखिएको छ ।

    प्रस्तावित कम्पनीमा कुनै समूह विशेषको मात्र लगानी नभई सरकार, विद्युत प्राधिकरण, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय विद्युत व्यापार कम्पनी, सर्वसाधारणको समेत सेयर हुने गरी लगानी संरचना तयार पारिएको निफ्राले जनाएको छ । निफ्राको करिब ५० प्रतिशत लगानी विद्युतको उत्पादनको क्षेत्रमा हुने भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूको समेत करिब ५ खर्ब रुपैयाँ लगानी रहेको र सो अझै बढ्दै गएको अवस्थामा उत्पादित विद्युतको बजारीकरण नभएमा र प्राधिकरणले उत्पादित विद्युत किन्न नसक्ने अवस्था आएमा बैंकिङ क्षेत्रनै धराशायी हुन जाने छ । बिजुली उत्पादन बढी भएपछि प्राधिकरणले निजी विकासकर्तासँग २ वर्षदेखि पीपीए गर्न मानेको छैन । यता ऊर्जा मन्त्रालयले पनि विद्युत उत्पादन अनमतिपत्र (लाइसेन्स) पनि रोकेको छ ।

    पीपीए गर्दा ठूलो मात्रामा बैंक जमानत तथा सोसँग सम्बन्धित वित्तीय उपकरणहरूको प्रयोग गर्नुपर्ने भएकाले निफ्राले अन्य बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू तथा अन्तर्राष्ट्रिय बैंक वा बिभिन्न संघ–संस्थाहरूको सहकार्यमा आवश्यक बैंक जमानत तथा सोसँग सम्बन्धित वित्तीय उपकरणहरू जारी गर्न सक्नेछ ।

    यद्यपी नयाँ बन्ने कम्पनीले प्राधिकरणले हालसम्म गरेको पीपीएलाई कुनै असर नगर्ने निफ्राले स्पष्ट पारेको छ । नयाँ कम्पनीले विभिन्न विद्युतका कोरिडोरहरू जस्तै कर्णाली, भेरी, सेतीमा सुरु गरिएको नयाँ तथा ठूला आयोजनाहरूको पीपीए गरी निर्यात गर्न उत्पादन, प्रशारण तथा व्यापारलाई एकीकृत रूपमा बढाउने भएकाले प्राधिकरणलाई सहज हुने दाबी निफ्राको छ ।

    यस्तै अन्तरदेशीय विद्युत व्यापारका लागि भारततर्फको कानुनी संरचनाहरू तयार भई सकेको र भारत तथा बंगलादेशको कम्पनीहरूलाई सेयरधनी बन्न अनुरोध गरिएको छ । बंगलादेश नेपालबाट जति पनि बिजुली किन्न तयार छ ।

    ऊर्जा मन्त्रालयले तयार परेको नेपालको प्रसारण लाइन विकासको खाकाले समेत सन् २०४० सम्म करिब ७ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्ने देखिएको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले नेपाल पावर एक्सचेन्ज कम्पनी स्थापना गरेको छ । विद्युत ऐन संसदबाट पारित नहुँदा रोकिएको छ ।

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.