साधना लघुवित्त वित्तिय संस्था लिमिटेड (SDLBSL) को लाभांश दाबी गर्नका लागि आज कार्तिक ०२ गते कारोबारको अन्तिम दिन रहेको छ।
लघुवित्तले आ. व. २०७७/७८ को लागि घोषणा गरेको २६.३१% लाभांश तथा ५औं वार्षिक साधारण सभा प्रायोजनको लागि कार्तिक ३ गते देखि १३ गते सम्म शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ।
तसर्थ, आज मिति २०७८ कार्तिक २ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, काठमाडौंमा रहेको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै बोनस लाभांश प्राप्त गर्न सक्नेछन्।
उक्त लाभांश प्रस्ताव मिति २०७८ कार्तिक १३ गते शनिवार बिहान ११ बजे होटल गोरखा बिसौनी, गोरखा न. पा. – ६ मा हुने ५औं वार्षिक साधारण सभाबाट पारित भए पश्च्यात लाभांश वितरण गरिने छ।
कम्पनीले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.२५ करोड ६९ लाख ८० हजार ४ सय को २५% ले हुने रकम रु.६ करोड ४२ लाख ४५ हजार १ सय बराबरको बोनस शेयर तथा १.३२% ले हुने रकम रु.३३ लाख ८१ हजार ३ सय २१ रुपैँया (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्न लागेको हो।
