नेपाल राष्ट्रबैंकले हस्तक्षेप गरेपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । राष्ट्रबैंकको ३ बुँदे निर्देशनपछि बैंक ब्याज घटाउन बाध्य भएका हुन् ।
बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मुद्दति निक्षेपमा अधिकतम ९.४१ प्रतिशत ब्याज प्राप्त हुनेछ । नेपाल एसबीआई बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.४१ प्रतिशत ब्याजदर दिने जनाएको छ । अधिकांश बैंकले भने मुद्दति बचतमा अधिकतन ९.३६ प्रतिशत ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याजदर नेपाल बैंकको छ । नेपाल बैंकले अधिकतम ८.३६ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर हेर्दा कार्टेलिङ गरेको देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनमा भएको सहमतिका नाममा अधिकांश बैंकले समान ब्याजदर घोषणा गरेका छन् । यसबाट निक्षेपकर्तामाथि भने अन्याय भएको छ भने अर्कोतिर यस्तो कार्टेलिङ खुला बजारको मान्यताविपरीत छ ।
