काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गरेको हो ।
यस्तै उक्त बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा। रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
