दाङमा एक जना ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका-४ मोतिपुरस्थित गोठमा लमही नगरपालिका-७ गिदनिया बस्ने ५५ वर्षीय देविराम चौधरी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
