• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सञ्चालक समितिले ग्राउन्डेड गरेको जहाज कार्यकारी अध्यक्षले गरे उडाउने निर्णय


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदभार ग्रहणकै क्रममा ग्राउण्डेड भएका सबै जहाजहरु सञ्चालनमा ल्याउन प्रतिबद्धता जनाएका थिए ।

    Advertisement

    वैंकल्पिक व्यवस्था नभएसम्म हाल ग्राउण्डेड भएका सबै जहाजहरुलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष अधिकारीले अहिले सञ्चालन योग्य विमान पहिचानका लागि प्राविधिक खटाएका छन् ।

    उनले सञ्चालन योग्य जहाज कुन कुन रहेको छन् र तीनिहरुको मर्मतसम्भारको लागि कति खर्च लाग्छ भन्ने प्रारम्भीक स्टामेटका लागि प्राविधिकहरुलाई परिचालन गरेका हुन् ।

    हुन त संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि पदभार ग्रहणकै क्रममा सञ्चालन गर्न मिल्ने जति सबै जहाजहरु सञ्चालनमा ल्याउने र नयाँ जहाजहरु थप गर्ने योजना सुनाएका थिए ।

    आन्तरिक उडानलाई प्रतिस्पर्धी बनाउदै दुर्गम क्षेत्रमा सेवा दिने उद्धेश्यका साथ तत्कालका लागि ग्राउण्डेड गरिएका सबै जहाजहरु सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भइरहेको कार्यकारी अध्यक्ष अधिकारीले जानकारी दिए ।

    निगम सञ्चालक समितिले २०७७ साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गरेको थियो । त्यो बेला कार्यकारी अध्यक्षको रुपमा सुशील घिमिरे थिए भने सञ्चालकमा तत्कालिन कार्यकारी महाप्रबन्धक डिमप्रकाश पौडेल(हाल महाप्रबन्धक) सहितको सहभागिता रहेको थियो ।

    तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि अध्ययन समिति समेत बनाएका थिए । सो समितिले बनाएको रिपोर्टमा पनि चिनियाँ जहाजले निगमलाई उल्टै घाटा गराएको रिपोर्ट बुझाएको थियो । हुन त सो अध्ययन समितिमा तत्कालिन कार्यकारी अध्यक्ष घिमिरे संयोजक थिए भने महाप्रबन्धक पौडेल समितिका सदस्य थिए ।

    पछि उनिहरुलाई नै निगमको चाबी बुझाएका थिए । उनिहरुले निगमको नेतृत्व गरेपछि बसेको सञ्चालक समितिको बैठकले चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गर्दै सबै जहाजहरु ग्राउण्डेड गरेको थियो ।

    जहाजहरु लामो समयदेखि ग्राउण्डेड गरिए पनि त्यसको व्यवस्थापनमा भने चुक्दै आएको निगमले फेरि त्यसलाई सञ्चालन गर्ने तयारी गरिरहेको हो । हुन त अहिले पनि जहाजको खर्च भने निगमले तिर्दै आएको छ । ती जहाजहरुको बिमा, पाइलट, कर्मचारीहरु र पार्किङ शुल्क तिदै आएको छ ।

    निगममा केहि साताअघि मात्र कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर आएका अधिकारीले अर्को व्यवस्था नभएसम्मका लागि भएका मध्ये सञ्चालन योग्य रहेका जहाजहरुलाई सञ्चालन गर्ने तयारी गरिएको बताए । सञ्चालन नगर्दा पनि खर्च भइरहेको भन्दै थोरै खर्चमा मर्मत सम्भार गरेर मिल्ने खालका जहाजहरु तयार गर्न निर्देशन दिइएको बताइएको छ ।

    ‘कुन कुन जहाज सञ्चालन योग्य छन् र कति खर्च लाग्छ भन्ने स्टामेट प्राविधिकहरुसँग मागेको छु, अध्यक्ष अधिकारीले भने, छिटोभन्दा छिटो जहाज सञ्चालन गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिएको छु’ ।

    जुनमा खर्च कम हुन्छ त्यहि सञ्चालनमा ल्याउने भन्ने निर्देशन अनुसार चेकजाँच भइरहेको प्राविधिकहरुको भनाई छ । प्राविधिकहरुले १७ सीट क्षमताका ४ वटा वाइ १२ ई मध्ये २ वटा र ५६ सीट क्षमताका एमए ६० दुई वटा मध्ये १ वटा सञ्चालनको तयारी गरिरहेको छ ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.