• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एउटा कमेडियनको एकालापले भारतमा तरंग


  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
  • भारतमा अहिले एकजना कमेडियनको चर्चा भइरहेको छ। कमेडियन वीर दासलाई कसैले करोडौंको आवाज बोलेको भन्दै ‘हिरो’ मानिरहेका छन् भने केहीले उनलाई ‘देशद्रोही’ भन्दै प्रहरीकहाँ उजुरी हालेका छन्।

    Advertisement

    सत्तारूढ भारतीय जनता पार्टीका समर्थकले उनीमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरिरहेका बेला विपक्षीहरूले दासको बचाउ गरेका छन्। सामाजिक सञ्जालमा भारतीय कंग्रेसका सांसद शशि थरूरदेखि बलिउड अभिनेत्री कंगना रनावतले दासबारे आफ्नो धारणा राखेका छन्।

    बिबिसी हिन्दीका अनुसार दासले अमेरिकामा प्रस्तुत गरेको एउटा एकालापका कारण पछिल्लो घटनाक्रम विकसित भएको हो।

    विश्वयात्रामा रहेका दासले नोभेम्बर १२ मा अमेरिकाको वासिङ्टनस्थित जोन एफ केनेडी सेन्टरमा एउटा एकालाप प्रस्तुत गरेका थिए। त्यसको शीर्षक थियो- आइ कम फ्रम टु इन्डियाज अर्थात् म दुई भारतबाट आएको हुँ।

    उक्त एकालापमा उनले अहिलेको भारतको विरोधाभाषको व्याख्या गरेका छन्।

    उनी भन्छन्: म त्यो भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ।

    म त्यो भारतबाट आएको हुँ, जहाँ बच्चाहरूले पनि मास्क लगाएर एकअर्काको हात समात्छन्, तर नेताहरू मास्कबिना एकअर्कालाई अँगालो हाल्छन्।

    म त्यो भारतबाट आएको हुँ, जहाँ एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ९००० छ तर हामी अझै पनि आफ्नो छतमा सुतेर रातमा ताराहरू हेर्छौं।

    म त्यो भारतबाट आएको हुँ, जहाँ जनसङ्ख्याको ठूलो हिस्सा ३० वर्षभन्दा कमका मानिसको छ तर हामी ७५ वर्षका नेताहरूको १५० वर्ष पुरानो विचार सुन्न कहिल्यै छोड्दैनौं।

    ६ मिनेट लामो एकालापमा उनले भारतमा भइरहेको धार्मिक राजनीति, महिला हिंसा, किसानमाथि दमन, बलिउडको दबदबालगायत तमाम विषय समेटेका छन्।

    आफ्नो उक्त एकालापको भिडिओ दासले गत सोमबार आफ्नो युट्युब च्यानलमा अपलोड गरेका थिए।

    युट्युबमा अपलोड भएको केही घन्टामै सामाजिक सञ्जालमा उक्त भिडिओको चर्चा हुन थालेको थियो। युट्युबमा बिहीबार बिहानसम्म उक्त भिडिओ साढे २३ लाखले हेरेका छन् भने ४७ हजारभन्दा बढी कमेन्ट आएका छन्।

    सत्तारूढ भाजपाका समर्थकहरू विश्वस्तरमा दासले भारतको छवि खराब बनाइरहेको आरोप लगाइरहेका छन्। पछिल्लो समय भाजपाकी कट्टर समर्थक बनेकी अभिनेत्री कंगना रनावतले दासको एकालापलाई आतंकवादको संज्ञा दिएकी छन्। दासविरूद्ध कडा कदम चाल्नु पर्ने उनको माग छ।

    भारतीय पत्रकार बर्खा दत्तले भने दासलाई धन्यवाद दिएकी छन्।

    ‘म यस्तो भारतबाट आएको हुँ जहाँ पत्रकारिता समाप्त भएको छ, पुरुष पत्रकारहरू एकअर्काको प्रशंसा गर्दैछन् अनि महिला पत्रकारहरू ल्यापटप लिएर सडकमा बसेर सत्य बोलिरहेका छन्’ भन्ने राख्दै दत्तले उनलाई धन्यवाद दिएकी हुन्।

    दासले भने आफ्नो प्रस्तुतिको उद्देश्य भारतको अपमान गर्नु नभएको स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो भिडिओमा समाचारका हेडलाइन्सभन्दा बाहिर पनि भारतको ठूलो हिस्सा छ भन्ने देखाइएको उल्लेख गरेका छन्।

    दासको लामो स्पष्टीकरणले पनि उनका आलोचक साम्य भएका छैनन्।

    दास अहिले अमेरिकामा रहेकाले उनी फर्किउन्जेलसम्म सत्तारूढ भाजपाले उनीप्रति कस्तो रबैया देखाउँछ भन्ने स्पष्ट छैन।

    हिन्दुत्वको नारा दिएर राजनीति गरिरहेको भाजपाले पछिल्लो समय आलोचनात्मक चेत भएका लेखक/कलाकारलाई निशाना बनाउने गरेको छ।

    गत जनवरीमा हिन्दु भगवानहरूप्रति अभद्र टिप्पणी गरेको भन्दै भारतमा एक जना मुस्लिम कमेडियन मुनावार फारूकीलाई पक्राउ गरिएको थियो। फेब्रुअरीमा सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    गत मेमा कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरूका शवले गंगा नदीको किनार भरिएको थियो। त्यही बेला गुजरातकी कवि परूल कक्करले ‘शववाहिनी गंगा’ शीर्षकमा कविता लेखेकी थिइन्। १४ लाइनको उक्त कवितालाई लिएर भाजपा समर्थकले कक्करको चर्को आलोचना गरेको थिए।

    बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.