• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काँग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • नेपाली काँग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन शुरु भएका ६० जिल्ला मध्ये ४० जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । बाँकि २० जिल्लामध्ये केही जिल्लामा हिजो मतदान र केहीमा मतगणना जारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    Advertisement

    त्यसैगरी, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन पनि सँगै भइरहेको निर्वाचन समितिले जनाएको छ ।

    काँग्रेसले यसअघि नै १६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरी सकेको छ ।

    यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने कार्यक्रम छ ।

    प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४ औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यक्रम रहेको छ ।

    सुर्खेत १ बाट महामन्त्री खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
    नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो ।

    कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको थियो । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिनुभयो ।

    डाँगीले ७१९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    पाल्पाको दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । क्षेत्र नं १ को सभापतिमा झमनबहादुर राज मगर ४४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेलले १३० मत प्राप्त गर्नुभयो । क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएबका छन् । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन हुनुभयो ।

    त्यस्तै सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुला महिला सदस्यमा पार्वती न्यौपाने, खसआर्यतर्फ तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिंजाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन हुनुभएको छ ।

    खुलातर्फको तीन सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२, दलबहादुर थापा ३४२ र मधुसुदन पोखरेल ३१५ मतसहित निर्वाचित हुनुभएको हो । त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ ज्ञानबहादुर गाहा ४८९, रमणबहादुर थापा ४४४, देवराज ढकाल ४२६, सन्तोषकुमार थापा ४२९, कृष्णप्रसाद अधिकारी ३७६, दानबहादुर पछाईँ ३६३, कल्प पौडेल ३२५, शालिकराम पाण्डे ३१३, लक्ष्मण भट्टराई ३०९, खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित हुनुभएको छ ।

    यस्तै महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी डिल्लीराज रेग्मीले २११, नवीन थापाले १४२, राम शाहले २२१, रामचन्द्र नेपालले १५४, लक्ष्मण बस्यालले ३००, विजयराज घिमिरेले २१३ र शङ्कर खनालले २८८ मत प्राप्त गर्नुभएको छ । खुला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८, विष्णुमाया ढकाल ४४०, गङ्गा पङ्गेनी ३४६ र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२, तारा रसाइलीले २५३ मत प्राप्त गर्नुभयो ।

    खसआर्य खुलामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मत सहित निर्वाचित हुनु भएको छ । कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुलामा सन्दीप राना ५१०, पूर्णकुमार सोती ४२१, विष्णुकुमार थापा ३९९, दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन हुनुभएको छ ।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुलातर्फ तीन प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९, एकबहादुर सार्कीले ७९ र भीमबहादुर सुनारले २२ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खसआर्य महिलामा विजयकुमारी भट्टराई, मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन हुनुभएको छ ।

    त्यसैगरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी ४६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गर्नुभएको छ ।

    रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुलातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर रानामगर ४८५, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी हुनुभएको छ । जिल्ला अधिवेशन यही मङ्सिर १० गते तय भएको छ ।

    कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
    नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।

    सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।

    यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुलातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

    क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    काठमाडौँ–३ मा चालिसे र ४ मा सङ्गत विजयी
    नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

    क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ । सदस्यमा मिश्रित परिणाम आएको छ ।

    यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित हुनुभएको छ ।

    यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी हुनुभएको छ ।

    दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो ।

    त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिनुभएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो ।

    सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.