मंसिर १६ , गुञ्जनगर `सोच परिवर्तन नेपाल’ साथै सहयोगी समिति गुञ्जनगर मा वि कक्षा ११,१२ का छात्रा,छात्रको संयुक्त सहकार्य र पहलमा गुञ्जनगर मा वि को प्रांगणमा `शैक्षिक समाग्रि वितरण कार्यक्रम´ सम्पन भएको छ । सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेलले सभापतित्व गर्नु भएको सो कार्यक्रममा प्यापसन चितवनको पुर्व अध्यक्ष , हाल केन्द्रीय सदश्य साथै सहिद स्मारक कलेज ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका समाजसेवी ब्यक्तिव बेल बहादुर गुरुङ को प्रमुख अातिथ्यतामा सो कार्यक्रम संचालन गरिएको हो। गुञ्जनगर मा वि मा अध्यानरत कक्षा १ देखि ५ सम्मका छात्र, छात्राहरु लाई शैक्षिक समाग्रि वितरण गरिएको हो ।
सो कार्यक्रममा २०० जना बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण गरिएको हो , सुनौलो भबिष्य कोर्दै गरेका, स- साना बाबू नानिहरुलाई पढाइमा थोरै भएता पनि केही सहयोग होस् र उनिहरुमा थप अध्ययन प्रर्ति लगनशीलता र अध्ययन प्रती सकृयता एवम् मेहनत रहोस् भन्ने उदेश्यले यो कार्यक्रममा आयोजना गरिएको सभापति एवम संस्थाका अध्यक्ष शिवराज कंडेलले वताउनु भयो ,।
अहिले हरेक व्यक्तिको सोच परिवर्तन हुनुपर्छ र परिबर्तन ले नै सम्भब हुन्छ समग्र महानगर बिकास गर्न , त्यसैले हरेक व्यक्ति समाज बनाउनको लागि सेवाको भावले लाग्नु पर्छ र आफुले समाजलाई असल नेत्रितो चाहिन्छ र असल नेत्रितोले नै समाज मा रहेको नकारात्मक सोचलाइ [परिवर्तन गर्न सक्छ, त्यसैले सोच परिवातनले आफुले खर्च गरेर सक्ने पैसा ससाना भाइबहिनिहरुको लागि खर्च गर्नु भएको मा धन्यवाद साथै येस्तै कार्य गर्न शुभकामना भरतपुर महानगरपालिका का युवा सन्जाल समयोज सन्देश वाग्ले ज्युले भन्नु भयो
कार्यक्रम अत्यन्त सान्दर्भिक र सरानिय रहेको यस्तो कार्यक्रमका लागि अाफ्नो साथ सदैव रहने कार्यक्रमका प्रमुख अतिथि बल ब. गुरुङले बताउनु भएको थियो । कार्यक्रममा गुञ्जनगर मा. वि का व्यवस्थापन समितिका अध्यक्ष आशाराम तामाङ समाज सेवि व्यक्तित्व कमलनाथ पौडेल , विद्यालयका सहायक प्र अ कृष्ण हरि अधिकारी, लगाएत ब्वक्तित्वले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो ।साथै समाज सेवि व्यक्तित्व जीवन भट्ट, V.Group का अध्यक्ष विपिन कंडेल , लगाएतका ब्यक्तित्व हरु सहभागी रहनु भएको सो कार्यक्रममा कक्षा १२ का छात्र सुजल वि.कले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रलाई सहजिकरण सोच परिवर्तन नेपालका सचिब संजोग रेग्मीले गर्नु भएको थियो ।
