• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बोस्टन कलेज द्वारा उद्यमी विकास कार्यक्रम को दोश्रो सस्करण , बिजेतालाई २ लाख रुपैया


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • चितवन,मंसिर २५ । चितवनको भरतपुर १० मा छ बोस्टन इन्टरनेशनल कलेज । शुक्रवार साँझ उक्त कलेजको हलमा उद्योगी व्यवसायीहरुको वाक्लो उपस्थिती थियो । साथै प्राज्ञ एवम विषय विज्ञहरुले समेत हल भरिएको थियो भने विद्यार्थी र प्राध्यापकहरुको समेत राम्रै सहभागीता देखिन्थ्यो ।

    उक्त हलको मञ्चमा पुगीन् सामान्य किसान परिवारमा जन्मिएकी रोजा सुवेदी । रोजा सोही कलेजको ‘व्यचलर फस्ट इएरको विविए विआई’ पढ्दैछिन् । तर उनको हिम्मतले उनलाई सफल उद्यमी वन्ने मार्गमा डोर्याइसकेको छ । सोही मञ्चमा पुगेर उनले सुरु गरेको ‘आरसी इभेन्ट्स’ नामको व्यवसाय बारे बताइन् । कुनै कार्यक्रमका लागि हल डेकोरेसन गर्ने देखिको कार्यमा उनी व्यस्त हुन्छिन् । साथीको विहेमा एक दिनको ६० हजार लिएर अरु कसैले डेकोरेशन गरेको थाहा पाएपछि उनले उक्त मूल्यभन्दा सस्तोमा सोही सेवा दिन सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेको बताइन् । अहिले विशेष गरी विहेको डेकोरेश जसमा हल्दी, ईन्गेजमेन्ट र विवाहकै दिन लाई सजाइदिएको कूल तीन दिनको प्याकेजलाई उनले ५५ हजारमै सेवा दिने गरेकी छिन् ।

    Advertisement

    उनी पछि मञ्चमा उक्लीए चन्दन विश्वकर्मा । बोस्टनमै बिबिए अध्ययन गरिरहेका उनले गैँडाकोटको काँग्रेस चोकमा ‘द फिटफेशन जीम’ स्थापना गरेर सेवा दिन थालेका छन् । सोही व्यवसायको उनले मञ्चमा प्रस्तुती दिए । तीन महिना भयो उनले व्यवसाय सुरु गरेको । मानिसहरुलाई शारिरीक तन्दुरुस्त राख्न र शरिरको तौल घटाउने देखि स्थानीय ठाउँमा आवश्यक सेवा दिइरहेका छन् ।

    यसरी अध्ययनकै शिलशिलामा उद्यमी वन्ने क्षमता र आत्मविश्वास जगाएको हो कलेजको उद्यमी विकास विभागले । जसको प्रमुख प्रेम गैरे छन् । देशभर शैक्षिक बेरोजगार बढ्दै गएको तितोसत्यलाई अंगाल्दै कलेजले अध्ययन गरेर जागिर मात्रै खोज्ने नभई जागिर दिने क्षमता बढाउने गरी यो विभाग खोलेर विद्यार्थीको चाहाना अनुसार सीप, तालिम र आत्मविश्सास जगाइरहेको गैरेले बताए । त्यसका लागि स्किलल्याव नेपालसँग सम्झौतानै गरेको छ भने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग पनि सोही अनुसारको सम्झौता रहेको गैरेले बताए ।

    विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बजारमा नयाँ तरिका प्रयोग गरी उद्यमी बनाउन सके पढेपछिको बेरोजगार हुनुनपर्ने र देशको विकासमा समेत टेवा पुग्ने उनको भनाई छ । ६ महिना अघिदेखि तालिम लिएका विद्यार्थीहरुले शुक्रवार भएको उद्यमी विकास कार्यक्रममा त्यसरी आफ्नो व्यवसायको प्रकृति,आम्दानी,खर्च नाफा, दिने सेवा र विज्ञापन गर्ने माध्यम लगायका विषयमा विद्यार्थी आफैले प्रस्तुती दिएका थिए ।

    त्यसरी प्रस्तुती दिनेमा विष्णु भट्टराई जसले रंगीन जिन्दगी नामको व्यवसायवारे बताए भने नारायण पाण्डेले साइन अपको बारेमा बताएका थिए । यसरी चार जनाले दिएको प्रस्तुतीमा सर्वोत्कृष्ट बने चन्दन विश्वकर्मा । जसले २ लाख नगद पुरस्कार समेत प्राप्त गरेका छन् । उक्त रकमले आफ्नो व्यवसाय बढाउने विश्वकर्माले बढाए । सैद्धान्तिक सीपसँगै व्यवसायीक ज्ञान पाउँदा पढ्नुको सार्थकता रहने उनको भनाई थियो ।

    कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार डा. शारदा थपलियाले अव विद्यार्थीलाई कृषि उत्पादनमा जोड्नुपर्ने र कलेजले गरेको कार्य स्रह्रानीय रहेको बताइन् । अव रिसर्चको पाटोमा पनि नेपाली व्यवसायी उद्योगीले रकम खर्च गर्नुपर्ने र यसले व्यवसाय बढाउन थप मद्दत मिल्ने उनको भनाई थियो । इन्डस्ट्रि र एकेडेमिलाई एउटै मञ्चमा ल्याउन गरेको पहल राम्रो भएको र अन्य विद्यालय तथा कलेजले यो सिको गर्न जरुरी रहेको थपलियाको भनाइ थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती,डोल्मा इम्पाक्ट फण्डका सन्दीप श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

    कार्यक्रममा उद्योग संघका अध्यक्ष त्रिलोचन कडेँल, पूर्व अध्यक्ष राजु पौडेलले विद्यार्थीको नयाँ आइडीयासँग उद्योगीहरु जोडिनु पाउने सकारात्मक कार्य भएको र यसले उद्योगलाइ आवश्यक पर्ने जनशक्ति र कलेजको कोर्ष सँग तालमेल मिलाउन सकिने बताए । साथै नयाँ उद्यमीहरुलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले स्नातक पूरा गरेपनि युवाहरु जागिर समेत नपाउने गरेको र यसले शिक्षाप्रतिनै विकर्षण हुने खतरा रहेको भन्दै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप सँगै जाड्न आवश्यक भएर कलेजले कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

    स्किलल्यावले विद्यार्थीहरुसँग नयाँ आइडियाको खोजी गर्ने र सम्भव र सम्भावना हुने आइडियालाई व्यवहारमा पुर्याउन तालिम दिन सुरु गर्ने गर्दछ । इन्नोभेसन एण्ड स्टाटेजीका म्यानेजर शिरीजङ्ग हाङ्ग राईले पाँच महिनाको तयारीमा विद्यार्थी उद्यमी बन्न सकेको बताए । बोष्टन मात्रै नभई अव अन्य कलेजसँग पनि सम्झौता गरेर यो कार्यक्रम गर्दै जाने उनले बताए ।

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.