• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमालेकै जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • सुनसरी । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये ।

    Advertisement

    तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति कमजोर बन्दै गएपछि आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन् ।

    एमालेको दशौं महाधिवेशनबाट सचिव पदमा रहेका आचार्य सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिएको छ । शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा उनी सहभागी भएनन् । इनरुवा नगरपालिकामा  घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा उनी देखा नै परेनन् ।

    सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट  प्रदेश सांसदका रूपमा निर्वाचित आचार्य  जिल्ला अधिवेशन हुँदा उपस्थित भएनन् । कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे । उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम ,अमृता सुब्बा मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।

    घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त आचार्य कार्यकर्ता माझ खुलेर नबोल्ने स्वभावका उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्व सहमत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन् ।

    विगतको विरासतलाई कायम गर्न र केन्द्रका नेतालाई टक्कर दिन उनी भण्डारीलाई अध्यक्ष हुन नदिन लागि परेका हुन् । आफू जिल्लाको कार्यक्रममा नदेखिएर निकटका लोकेश निरौला र नन्द बस्नेतलाई पदाधिकारीमा राख्नका लागि लबिङ गरिरहेका छन् । पोखरेललाई अध्यक्ष बनाउन सके निरौला र बस्नेत सुरक्षित रहने बुझेर उनी त्यता लागेका हुन् ।

    २०७५ अगाडि सुनसरीमा उनको पक्षमा राम्रो मत थियो । तर, नेकपा विभाजन पछि भने ओली पक्षको राम्रो प्रभाव पर्दै आएको छ । जसको असर सिधै आचार्यमा देखिएको हो । विवादास्पद अवस्थामा जिल्ला अध्यक्ष भएका पोखरेललाई पुनः दोहोर्‍याउन सके आफू बलियो हुने संकेतसमेत देखाएका छन् उनले । स्रोत अनुसार निरौला र बस्नेतको पक्षमा बाहिर देखिएर समर्थन गर्नुभन्दा भित्रबाटै रणनीतिक योजनामा आचार्य छन् । आचार्यले निरौला र बस्नेतलाई पार्टीको हरेक कार्यक्रममा अगाडि सार्ने गरेको आरोप लाग्दै आएको छ । त्यसैकारण पनि उनी घरमा नै बसेको स्रोतले बतायो ।

    अधिवेशनको बन्द सत्र आजबाट सुरु भएको छ । बन्द सत्रबाट आगामी तीन वर्षे नेतृत्व टुंगो लाग्नेछ । वर्तमान अध्यक्ष खेमराज पोखरेल, पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी, संविधान भा सदस्य रेवतीरमण भण्डारी र पार्टी प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईँ अध्यक्षका दाबेदार छन् । चौधरी र चौलागाईँले अध्यक्षमा पोखरेल सर्वसहमत भए उम्मेदवारी  फिर्ता लिने बताएका छन् । तर, भण्डारी अध्यक्ष हुने देखिए उनीहरू दुवैले उमेदवारी दिने बताएका छन् ।अध्यक्षका आकांक्षी चारै जना यसअघि नेकपा विभाजनको अवस्थामा पुग्दा ओली समूहमै रहेर काम गरेका नेता हुन् ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.