• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साइकलमा लागुऔषध ओसारिरहेका दुई युवा पक्राउ


  •   आइतबार, पुष २५, २०७८ मा प्रकाशित
  • राजविराज : भारतबाट साइकलमा ठूलो परिमाणमा लागु औषध ओसारिरहेका दुई जना युवालाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरेको छ। लागु औषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको सप्तरी प्रहरीले राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडक खण्डबाट लागु औषधसहित सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरेको हो।

    Advertisement

    उनीहरुको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, ४ बोतल डाइलेक्स डिसी र ४ ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको एसपी अबिनारायण काफ्लेले बताए। भारतबाट नेपालतर्फ साईकलमा आइरहेका बेला बनैनिया बरदाही जाने भित्री सडक खण्डबाट पक्राउ परेका उनीहरुले कालो रंगको झोलामा लागु औषध ओसारिरहेका थिए। पक्राउ परेका आरोपितहरु विरुद्ध लागु औषध शिर्षकमा उजुरी दर्ता गरी थपअनुसन्धान कार्य भईरहेको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

    दुई साता अघि सप्तरी प्रहरीले खैरौ हेरोइनसहित ४ जना पक्राउ गरेको थियो। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट सिरहाका २ जनाको साथबाट ८ ग्राम ५५० मिलिग्राम खैरौ हेरोइन बरामद भएको थियो।

    यस्तै दुई साता अघि सप्तरीको कञ्चनरूप नगरपालिकाबाट २ जना भारतीय नागरिकलाई २२ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको थियो।
    यस्तै पुस १० गते राजबिराज नगरपालिका–२ गुलाब ग्यारेजमा राखिएको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट प्रहरीले २ हजार १ सय ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३ सय ९९ बोतल डाइलेक्स डिसी सिरफ र २ सय ८८ क्याप्सुल प्रोक्सीभोन बरामद गरेको थियो। बस राजविराजबाट काठमाडौं जान लागेको थियो।

    प्रहरीले लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेल र बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरी कारवाही थालेको छ। खुल्ला सिमानाको फाइदा उठाउदैं पर्याप्त मात्रामा लागु औषधहरू छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागु औषधहरू भारतबाट सप्तरी भित्रिने र बसमार्फत काठमाडौं सम्म पुग्ने गरेको बताए।

    लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ।

    नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ। लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन बढीरहेकाले सप्तरी प्रहरी आक्रमक शैलीमा लागु औषध नियन्त्रणमा लागेको एसपी काफ्लेले बताए।

    आइतबार, पुष २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.