चितवन । सडक डिभिजन कार्यालय भरतपुरले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ । वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अधिकार क्षेत्रलाई अतिक्रमण गरि बनाइएका संरचना आज हटाइएको हो । सूचना अधिकारी शिव खनालका अनुसार घर टहराहरु भत्काएर हटाउने कार्य सहज वातावरणमा सुरु भएको जानकारी दिए ।
स्थानीयवासी, स्थानीय तह, स्थानीय प्रहरी–प्रशासन, राजनीतिक दलका प्रतिनिधि लगायतको सहयोगमा अतिक्रमण भएका संरचना हटाउन थालिएको खनालले बताए । खनालका अनुसार करिव १८ वटा त्यस्ता संरचना रहेको र आधा जति संरचना आजनै हटाइएको बताए । अन्य संरचना स्थानीय आफैले भत्काउने बताएको र नभत्काए पुन हटाउने उनको भनाई छ ।
सूचना अधिकारी शिव खनालका अनुसार घर टहराहरु भत्काएर हटाउने कार्य सहज वातावरणमा सुरु भएको जानकारी दिए । लोथर पुलबाट १६० मिटर चितवनतर्फको राजमार्गको २५ मिटर दायाँवायाँका संरचना हटाउन सुरु गरिएको हो ।
