काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन पर्साले वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सो कुरा गरेका हुन् ।
उनले ‘अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताए । एमसीसीलाई आँखा चिम्लेर पास गर्न नसकिने भन्दै नेता नेपालले एमसिसीका सन्दर्भमा विभिन्न सात बुँदा पनि स्पष्ट पारेका छन् ।
उनले एमसिसीलाई फिर्ता पठाउनेभन्दा सम्झौता मिति पर सारे राम्रो हुने बताए । उनले भने – “एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन”
अहिले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलहरु र नेकपा एमालेलाई मनाएर एमसीसी संसदबाट पास गर्न जोड गरिरहेका छन् । तर माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल भने अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नहुने कुरा राख्दै आएका छन् । एमसीसी पास गर्पनि संशोधन गरेर मात्र गर्नुपर्ने उनीहरुको भनाई छ ।
