• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सिन्धुलीमा निर्विकल्प बन्ने हरिबोलको दाउमा राजनको तगारो


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले टिकट नपाएसँगै असनतुष्ट भएका उनले पदाधिकारी बैठकको माग गरेका छन्।

    Advertisement

    उनले पदाधिकारी बैठक बोलाएर आफूलाई टिकट नदिइनुको कारणबारे प्रष्ट पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको बताएका छन्। यसपटकको निर्वाचनमा गजुरेल सिन्धुली क्षेत्र नं २ बाट गजुरेल चुनावमा उम्मेदवारको आकांक्षी थिए।

    गत निर्वाचनमा यही क्षेत्रबाट विजयीे उनी अन्तिमसम्म आफैंले टिकट पाउनेमा विश्वस्त रहेकोमा सिन्धुलीकै माओवादी इन्चार्जसमेत रहेका लेखनाथ दाहाल राजनले टिकटपाएपछि गजुरेल रुष्ट बनेका हुन्। पार्टीबाट आफूले टिकट नपाएर रुष्ट बनेका गजुरेल मनोनयन दर्तामा समेत सामेल भएनन्।

    उनले पार्टीको पदाधिकारी बैठकको माग गर्दै आफूले टिकट नपाउनुको कारणबारे स्पष्टीकरण दिनुपर्ने बताउँदै आएका छन्। बिहीबार सिन्धुलीमा माओवादीसहित गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने कार्यक्रम समेत गजुरेलकै असहमतिले हुन सकेन।

    उनले आफूलाई टिकट नदिइनुको कारणबारे पदाधिकारी बैठकले प्रष्ट नपारुञ्जेल आफू चुनावी कार्यक्रममा सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको हो।

    उक्त कार्यक्रममा माओवादीका शिर्ष नेता अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईले समेत संबोधन गर्ने गरी तय गरिएको थियो तर गजुरेलले सहभागी नहुने बताएपछि कार्यक्रम नै स्थगन गर्नुपरेको माओवादी नेताहरु बताउँछन्। सिन्धुली २ ‘ख’ मा गठबन्धनबाट बाबुराम भट्टराईको पार्टीका सह-अध्यक्ष गंगानारायण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्।

    उक्त घोषित कार्यक्रममा अनुपस्थित भएको बारेमा गजुरेलले आफू पार्टीको नेता भएकाले बोल्ने कुनै बिषय नै नभएकाले कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेका बताउँछन्। उनले पार्टीको पदाधिकारी भएकाले जनता कार्यकर्ताको बीचमा राख्ने कुनै बिषय नै नहुँदा सहभागी नभएको डिसी नेपाललाई जानकारी दिए।

    उनले टिकट नपाउनुको कारणबारे आफूलाई प्रष्ट नखुलाइएकाले जनता र कार्यकर्तांबीच जान नचाहेको बताए। उनले भने, ‘म त्यस जिल्लाको नेता भइसकेपछि मैले के बिषयमा बोल्ने भन्ने नै टुंगो नभएकाले म कसरी कार्यक्रममा जान सक्छु?’ गजुरेलले आफूलाई टिकट नदिइनुको कारणबारे प्रष्ट नभएसम्म कुनै पनि चुनावी कार्यक्रममा सहभागी नहुने सार्वजनिक घोषणा समेत गरेका छन्।

    उनले पार्टी अध्यक्ष सामु लिखितरुपमा पेश गरेको असहमतिपत्रको सम्वोधन हुनेमा आशावादी रहेको बताउँछन्। आफूले राखेको बिषय राजनीतिक भएको र त्यसको उचित जवाफ नआएमा कुनै सार्वजनिक कायृक्रममा सहभागीता नजनाउने उनले प्रष्ट पारे।

    गजुरेलले हाल उम्मेदवार बनेका दाहाललाई आर्थिक अपचलन गरेको, पार्टी कार्यालय निर्माणमा भ्रष्टाचार गरेको र गुटबन्दी गरेको गिट्टी बालुवा तस्करी गरेको आरोप लगाइरहँदा दाहालले त्यसलाई पुष्ट गर्न चुनौती दिएका छन्। यद्यपि ती आरोप आफूले नलगाएको र बाहिर अफवाहका रुपमा मात्र प्रचारमा आएको गजुरेलले बताए।

    उता गजुरेल चुनावी कार्यक्रममा सहभागी नभएपनि आफूलाई कुनै फरक नपर्ने दाहाल बताउँछन्। उनले ती आरोपहरु कुनै पनि सत्य नभएको र पार्टी कार्यालयको विषयमा प्रश्न गर्ने नैतिक अधिकार गजुरेललाई नभएको डिसी नेपाललाई बताए।

    उनले भने, ‘सबै पार्टीका मन्त्रीहरुले सहयोगस्वरुप दश हजार दिएका हुन् उहाँले त्योपनि गर्नु भएको छैन अनि प्रश्न गर्ने अधिकार उहालाई कसरी हुन्छ?’, उनले पार्टीका सबै आर्थिक कारोबार बैकिङ प्रणालीमार्फत भएकाले त्यसको अभिलेख सुरक्षित भएको बताए।

    उनले भने, ‘उहाँले लगाएको भनेर ती आरोपको कुनै अर्थ छैन। बाहिर प्रचारमा आए तर यहाँका जनता कार्यकर्ताले सबै बुझेका छन् आवश्यक परे त्यसको फेहरिस्त पेश गर्न तयार छौँ।’

    दाहालले चुनावमा सहभागी नभएर आफूलाई असहयोग गरे पनि कुनै फरक नपर्ने बताउँछन्। उनले अगाडि भने, ‘यो आन्दोलन हो यसमा नयाँ उर्जाका साथ साथीहरुको अपार सहभागिता छ, कसैको ब्यक्तिगत असहयोगले केही फरक पर्दैन।’

    गजुरेलले पार्टी अध्यक्षले पदाधिकारी बैठकमा राखेको लिखित पत्रको बिषयमा आफूले कतै सार्वजनिक नगरेको बताउँछन्। उनले उक्त बिषय कहिकतै सार्वजनिक नगरी पार्टी अध्याक्षलाई दिएको तर बाहिर मिडियामा अनावश्यक दुष्प्रचार भएको आरोप लगाए।

    उनले भने, ‘मैले राखेका बिषयहरु कहिँकतै सार्वजनिक गरिएका छैनन्। अनुमानका आधारमा बाहिर सम्प्रेषण भएका कुरामा कुनै सत्यता छैन। पार्टीको पदाधिकारी बैठकमा छलफल भएर स्पष्ट नहोउञ्जेल यी बिषयमा मैले कतै सार्वजनिक गर्दिन।’

    कुनै समय सिन्धुलीमा एक छत्र राज गरेका यी दुबैको सम्बन्ध अत्यन्त सुमधुर रहेको थियो। राजन दाहाललाई सिन्धुलीमा स्थापित गर्ने र उनकै कारणले आफू राजनीतिकरुपमा सुरक्षित भएको गजुरेलले ठान्दथे। माओवादीमा गजुरेल पुराना नेता मानिन्छन्। उनी समकालीन माओवादी नेताहरुमध्ये सिनियर नै हुन्।

    माओवादीले जनयुद्ध सुरुगरेसँगै सिन्धुलीमा रहेका अधिकांश नेताहरुलाई पाखा लगाउँदै गजुरेलले नै दाहाललाई स्थापित गरेको सिन्धुलीकै माओवादी नेताहरु बताउँछन्।

    पछिल्लो समय टिकट प्राप्तीमा हानथाप गर्दै एकले अर्कालाई आक्षेप लगाउँदै हिँडेका उनीहरु सिन्धुलीमा गजुरेल र दाहालकै कारण थुप्रै जनयुद्धकालीन माओवादी नेताहरु पार्टीबाट पलायन भएको समेत बताइन्छ।

    माओवादीले जनयुद्ध थालेसँगै विद्यार्थी राजनीतिमा जोडिएका दाहाल सिन्धुली माओवादी खास योगदान गरेका पात्र होइनन्। उनी गजुरेलकै जोडबलले स्थापित भएका हुन्।

    जनयुद्धको प्रतिकुल अबस्थामा पार्टी छाडेर पलायन भएका दाहाललाई माओवादीमा हरिबोलले नै स्थान दिएको सिन्धुलीका माओवादी युद्धकालीन नेताहरु बताउँछन् ।

    गजुरेलल र दाहालकै दबाव थेग्न नसकेर सिन्धुलीका पुराना माओवादी नेताहरु यत्रतत्र लागेका हुन्। माओवादी सहिद परिवारकी नेत्री समेत रहेकी निरु दर्लामी शिलुसमेत यस्तै कारणले माओवादी छाडेको बताइन्छ। उनले यी दुबै को पेलानमा परेर पार्टी छाडेर एमालेमा लागेको सिन्धुलीमा चर्चा हुने गर्दछ।

    यस्तै पछिल्लो समय माओवादीबाट बिद्रोह गरी एमाले बनेर क्षेत्र नं २ मै उम्मेदवारी दिएका मनोजजंग थापा माओवादी सिन्धुलीका पुराना र प्रभावशाली नेता मानिन्थे। उनी यी दुबैको कारणले एमाले बनेर अहिले उम्मेदवारी दिएका छन्।

    गजुरेलकै विरोधीलाई निष्तेज पार्ने प्रवृत्ति दाहालले दोहोर्‍याए

    माओवादी शान्तीप्रक्रियामा आइसकेपछि सिन्धुली ईन्चार्ज गंगानारायण श्रेष्ठ रहेका थिए। उनले २०६४ को निर्वाचनमा हरिबोल गजुरेललाई प्रत्यक्ष तर्फ सिफारिस गरेनन्। यसको बदला लिन गजुरेलले ।श्रेष्ठलाई जिल्ल ईन्चार्जबाट हटाउन चाहन्थे। त्यसको उपुक्त पात्रको रुपमा उनले राजन दाहाललाई अगाडि सारे।

    श्रेष्ठ बाबुराम निकट नेताको रुपमा पार्टीभित्र चिनिन्थे। उनलाई साइजमा ल्याउन गजुरेलले अगाडि बढाएका दाहाल अन्तत उनकै अवरोधकका रुपमा पार्टीमा खडा भए।

    माओवादी बिभाजन भएसँगै बिभिन्न घटकमा पुगेका सिन्धुलीका नेताहरु गजुरेलकै विरोधीहरुलाई निष्तेज पार्ने प्रवृत्तिकै उपज भएको बताउँछन्।

    सिन्धुलीका पुराना माओवादी नेताहरु रुद्र ठाडा मगर ,शान्तीमान कार्की र दीर्घराज श्रेष्ठ हुँदै पछिल्लो समय निरु दर्लामी र मनोजजंग थापासमेत लखेटिएको यी दुबै नेताको कारणले बताइन्छ।

    २०७० को निर्वाचन ताका माओवादी बिभाजित भएर सिन्धुलीका अधिकांश नेताहरु मोहन बैद्यको नेतृत्वमा लागेसँगै क्षेत्र नं २ बाट निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा समेत त्यहीबाट निर्वाचित भएका हुन्।

    २०७४ को निर्वाचनमा जिल्लाबाट तीन जनाको नाम सिफारिस भएकोमा आफ्नो मात्रै एकल नाम केन्द्रमा पठाएका गजुरेल यसपटक उम्मेदवार बन्न पाएनन्।

    बाम गठबन्धन हुँदा २०७४ को निर्वाचनमा हरिबोल गजुरेल ,महेश्वर दाहाल र मनोजजंग थापाको नाम सिफारिस भएको थियो। सोही नामम्ध्ये गजुरेलले आफ्रनो मात्र नाम केन्द्रमा पठाएको सिन्धुलीकै पूर्वमाओवादी नेताहरु बताउँछन्।

    जिल्ला सचिवालयको बैठकले आधिकारिक रुपमा तीनै जनाको नाम पठाउनुपर्ने भभएतापनि गजुरेलले आफ्नो मात्र नाम पठाएका थिए। त्यही सिफारिस भएका मध्ये थापा अहिले एमालेबाट उम्मेदवार बनेका छन् भने अर्का दाहाल माओवादीकै पोलिटब्यूरो सदस्यमै छन्।

    गजुरेलले २०७४ मै गरेको प्रवृत्ति यसपटक राजन दाहालले दोहोर्याएको बताइन्छ । यसपटक जिल्लबाट सिफारिस भएको गजुरेलसँगै आफ्नो नाममा दाहालले गजुरेललाई समानुपातिक तर्फ बन्दसूचीमा राख्न लगाई प्रत्यक्ष तर्फ आफूलाई मात्र दाहालले सिफारिस गरेका हुन्।

    २०७४ मा एकलौटी रुपमा आफ्नो नाम सिफारिस गरेको भन्दै गजुरेलको विरुद्धमा माओवादीबाटै बागी उम्मेदवारी परेको थियो। उनको विरुद्धमा बागी उम्मेदवारी दिएका माओवादी नेता रामकुमार पौडेल अहिले एमालेबाट क्षेत्र नं २को ‘ख’बाट उम्मेदवारी दिएका छन्।

    यसरी कुनै समय आफैले एकलोटी गरेका उनकै प्रवृत्ति लेखनाथ दाहाल राजनले दोहोर्‍या एको एमाले नेत्री निरु दर्लामीले बताउँदै हिँडेकी छन्।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.