• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आज टि-२० विश्वकपको फाइनल, दुवै टिमका ओपनर बन्न सक्छन् निर्णायक


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • अस्ट्रेलियाको मेलबर्नमा आइतबार हुने टी–२० विश्वकपको फाइनलको नतिजा धेरै हदसम्म पाकिस्तान र इङ्ल्यान्डको ओपनिङ जोडीमा निर्भर रहनेछ । वास्तवमा यी जोडीले सेमिफाइनलमा दुवैलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । साँच्चै भन्ने हो भने यो फाइनलको खेलको दिशा पावरप्लेले तय गर्नेछ । यसको कारण दुवै टोलीको ब्याटिङको प्राण ओपनिङ जोडी हुन् ।

    Advertisement

    इंग्ल्याण्डका ओपनर कप्तान जोस बटलर र एलेक्स हेल्सले यो सम्पूर्ण अभियानमा इङ्ल्यान्डका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उता पाकिस्तानका ओपनर कप्तान बाबर आजम र मोहम्मद रिजवानको जोडीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतकीय साझेदारी खेल्दै लय समातेका छन् ।

    त्यसैले पावरप्लेमा जुन जोडीले टोलीलाई झट्काबाट जोगाएर ६५ रन जोड्नेछ त्यो जोडीले खेल आफ्नो पक्षमा पार्न सक्षम हुनेछ सम्भावना उच्च हुनेछ । एलेक्स हेल्स क्रिकेटको यो छोटो फर्म्याटका उत्कृष्ट खेलाडी बनेका छन् । तर २०१७ मा ब्रिस्टलको पब बाहिर झगडा भएपछि उनलाई टोलीबाट हटाइएको थियो।

    फेरि टोलीमा फर्किएपछि उनले १४ टी–२० खेलमा ४२९ रन बनाएका छन् । उनले १४५.९१ को स्ट्राइक रेटमा यी रन बनाए । जहाँसम्म जोस बटलरको सवाल छ, उनलाई यस ढाँचाका उत्कृष्ट क्रिकेटरहरूमा गनिन्छ।

    यो जोडीको गतिलाई रोक्न पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई प्रयोग गर्नेछ । यस प्रतियोगिताको शुरुवातमा शाहिन पूर्ण रुपमा खेलिरहेका देखिएनन्, यसको कारण चोटको समस्या पछि टोलीमा फर्कनु थियो । तर सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध उनले गरेको बलिङले उनलाई पूर्ण फर्ममा ल्याएको छ । नसिम र रउफले उनलाई साथ दिनेछन् ।

    जहाँसम्म गति आक्रमणको सवाल छ, पाकिस्तान यसमा इङ्ल्यान्डभन्दा राम्रो देखिन्छ । तर समस्या यो हो कि उनीहरुले ब्याटिङमा धेरै गहिराई भएको टोलीसँग सामना गर्नुपर्ने हुन्छ।

    इङ्ल्यान्डको टोलीको ब्याटिङको गहिराइको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि क्रिस वोक्स नवौं नम्बरमा ब्याटिङ गर्न आउँछन्, जसलाई अलराउन्डर मानिन्छ। उनको पछि आउने आदिल राशिदले पनि राम्रो ब्याटिङ गरेका छन् ।

    जहाँसम्म पाकिस्तानको ब्याटिङको सवाल छ, उनीहरूसँग बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ जोडी बाहेक मोहम्मद ह्यारिस, शान मसूद, इफ्तिकर अहमद, मोहम्मद नवाज र शादाब खान जस्ता राम्रा ब्याट्सम्यान छन्।

    तर सातौं नम्बरमा शादाब आएपछि ब्याट्सम्यानबाट रनको अपेक्षा गर्न सकिँदैन । त्यसैले दुवै टोलीको ओपनिङ जोडीबाहेक इङ्ल्यान्डको ब्याटिङ र पाकिस्तानको बलिङबीचको भिडन्त पनि हो भन्नु उचित हुनेछ ।

    पाकिस्तानको पेस बलिङ बलियो मात्र होइन, शदाब र मोहम्मद नवाजको रुपमा दुई राम्रो स्पिनर पनि छन् । यदि यो बलिङ आक्रमण इंग्ल्याण्डलाई १५० रनमा रोक्न सफल भयो भने खेल पाकिस्तानको पक्षमा पर्न सक्छ ।

    मेलबर्नको मैदानमा दुवै टोलीले एक–एक खेल खेलेका छन् । दुवैले पराजयको सामना गर्नुपरेको थियो । भारतसँग पाकिस्तान र आयरल्याण्डसँग इङ्ल्यान्डले हार बेहोरेको थियो । यस मैदानमा १६० को स्कोर चुनौतीपूर्ण हुन सक्छ। आयरल्यान्डको टोली इंग्ल्याण्डमाथि १५७ रन बनाएर विजयी भएको थियो ।

    यस मैदानमा ठूलो स्कोर बनाउन नसकिनुको कारण यो सिजन भिक्टोरियामा भएको वर्षा हो। जसका कारण बलरहरुले विकेटबाट अतिरिक्त बाउन्स पाइरहेका छन् । जसका कारण यहाँ पेस बलरहरु घातक साबित भइरहेका छन् ।

    इंग्ल्याण्डका तिब्र गतिका बलर साम करन टिमको ट्रम्प कार्ड साबित भइरहेका छन् । भारत विरुद्ध टोलीका मुख्य तेज बलर मार्क वुडको अनुपस्थितिमा, कप्तान जोसले उनलाई आक्रमणको सुरुवातको जिम्मा दिए र उनी यो भूमिकामा सफल भए।

    जे होस् इङ्ल्यान्डले उनलाई डेथ ओभरमा प्रयोग गर्छ र उनले यो भूमिका राम्रोसँग खेलिरहेका छन् । इङ्ल्यान्डका प्रशिक्षकले मार्क वुडको खेल्नेबारेमा कुरा गर्दै उनलाई खेलाउने विकल्प खुला रहेको बताएका छन् । यदि उनले खेले भने इंग्ल्याण्डको आक्रमण थप जीवन्त हुनेछ । उनलाई यो विश्वकपको सबैभन्दा फास्ट बलरको सूचीमा राखिएको छ । उनले १५५ किलोमिटरको गतिमा बल फ्याक्ने गरेका छन् ।

    पाकिस्तानका लागि सन् १९९२ मा भएको आईसीसी विश्वकपजस्तो अवस्था सिर्जना भइरहेको बताइएको छ । त्यतिबेला पनि पाकिस्तानको नकआउट राउण्डमा पुग्ने सम्भावना थिएन तर अन्तिममा पाकिस्तानले उपाधि जितेको थियो ।

    यसपाली पनि हालसम्म यस्तै अवस्थाहरू भइरहेका छन् । यसपटक पाकिस्तानको टोली भारत र जिम्बाब्वेसँग दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको अनुमान गरिएको थियो । तर नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिकाको हारका कारण उसलाई चिठ्ठा लाग्यो र सेमिफाइनल पुग्यो । टोली अहिले उपाधिबाट एक कदम मात्र टाढा छ ।

    सन् १९९२ मा पाकिस्तानलाई जित दिलाउन तत्कालीन फास्ट ब्याट्सम्यान इन्जमामुल हकले महत्वपूर्ण भूमिका खेलेका थिए ।

    यस पटक मोहम्मद ह्यारिसले यो भूमिका खेल्न सक्छन्। उनले पाकिस्तानका लागि तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन् । उनले अहिलेसम्म १६१.८१ को स्ट्राइक रेटमा ८९ रन बनाएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको जितमा ११ बलमा २८ रन बनाएर महत्वपूर्ण भूमिका खेलेका थिए ।

    सन् १९९२ मा पाकिस्तान च्याम्पियन हुँदा त्यसबेला रोजा चलिरहेको थियो । तर अहिले रोजा चलिरहेको छैन । भनिन्छ कि सन् १९९२ जस्तै अहिले पनि पाकिस्तानी खेलाडीले भाग्यलाई टोलीको पक्षमा पार्न रोजा राखिरहेका छन् । तर उनीहरूको प्रयास कति सार्थक हुन्छ त्यो भने हेर्ने विषय हो ।

    यी दुई टोली यसअघि टी–२० विश्वकपमा दुई पटक भिडेका छन् । यी दुईको भेट सन् २००९ मा ओभल र २०१० मा ब्रिजटाउनमा भएको थियो । दुवै खेल इंग्ल्याण्डले जितेको थियो ।

    तर यी खेलहरु भएको एक दशक भन्दा बढी समय बितिसकेको छ। यसपटक दुवै टोली कठिन चरण पार गरेर फाइनलमा पुगेकाले दुवैको मनोबल पनि उच्च छ । तर फाइनलको नतिजा जुन टोलीले मानसिक बल उच्च देखाउँछ उसको पक्षमा जानेछ ।

    तर, मेलबर्नमा हुने खेलमा वर्षाको पनि खतरा बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार फाइनल हुने दिन शतप्रतिशत र आरक्षित दिनमा ९५ प्रतिशत पानी पर्ने सम्भावना रहेको छ ।

    यस्तो अवस्थामा वर्षाले दुई टोलीबीचको रोमाञ्चक खेलको आशा तोड्न सक्छ । दुवै दिन खेल हुन नसके दुवै टोली संयुक्त विजेता बन्ने छन् ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.