• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्वच्छ ऊर्जा विस्तारमा नेपालले अगुवाइ


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ ।

    Advertisement

    नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरुबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरुबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणाधीन रहेका छन् । त्यसैले देश विद्युत्बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने सम्भावना रहेको छ भने कृषि क्षेत्रमा तताउन, चिस्याउन र पानी तान्न सकिन्छ । यसले गर्दा नेपालको ऊर्जासँग सम्बन्धित क्षेत्रबाट हुने कार्बनडाइअक्साइडको उत्सर्जनलाई २०३० सम्म ८.६ मिलियन मेटिक टन र २०४५ सम्म ३५०० मिलियन मेट्रिक टन न्यूनीकरण गर्न सकिन्छ ।

    यसबाहेक स्वच्छ ऊर्जा उत्पादनको उल्लेखनीय उपयोगबाट नेपालले दक्षिण एसियामै हरित गृह ग्यास उत्सर्जन कम गरी घरायसी उत्सर्जनलाई घटाउन सक्ने देखिन्छ । यसका लागि नेपालले सुक्खायाममा स्वच्छ ऊर्जाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो भएमा ४५ गिगावाट जलविद्युत् र नौ गिगावाट सौर्य ऊर्जाबाट प्रतिवर्ष नौ अर्ब अमेरिकी डलर बराबरको राजस्व आम्दानी हुन सक्छ । यस्तो व्यापारले प्रतिवर्ष सय मिलियन टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिन्छ । यसले कोइला बालेर र प्राकृतिक ग्यासका उत्पादन केन्द्रहरुबाट उत्पादन हुने उत्सर्जनलाई प्रतिस्थापन गर्न योगदान पुग्दछ ।

    नेपालले परम्परागत बायोमास र आयातीत इन्धनबाट स्वच्छ ऊर्जा स्रोतका रुपमा रुपान्तरण हुने हो भने नेट निरो उत्सर्जनको लक्ष्य हासिल गर्न यससम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । ऊर्जा क्षेत्रले नेपालको कूल उत्सर्जनको झन्डै ५४ प्रतिशत हिस्सा ओगट्ने कार्बनडाइअक्साइडको उत्सर्जनमा ठूलो योगदान दिन सक्ने देखिन्छ ।

    हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्ने बारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर प्राप्त हुने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले बताए।

    जलविद्युत्ले नेपालको विद्युत् प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपालमा जलविद्युत् उत्पादनमा विविधता रहनु एउटा मुख्य चुनौतीको विषय रहेको छ । वर्षायाममा विद्युत् उत्पादन बढी हुने गर्दछ भने हिउँदको सुख्खायाममा आवश्यक विद्युत् उत्पादन हुन नसक्दा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । नेपालको विद्युत् उत्पादन क्रमशः बढ्दै गएको छ, जसले बढ्दो विद्युत्को मागलाई धान्न सक्ने देखिन्छ । साथै, बढी भएको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा रहे पनि यससम्बन्धी थप नीतिको खाँचो रहेकोे छ ।

    नेपालले यस्ता चुनौती र अवसरहरुलाई आत्मसात् गर्दै ऊर्जा सम्मिश्रणबाट विद्युत् उत्पादनको कर्भलाई बिस्तारै बढाउँदै लैजान सकिन्छ । विद्युत्को बढ्दो मागलाई पूरा गरी अन्तरदेशीय ऊर्जा व्यापारलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । नेपालले यहाँ रहेको सौर्य ऊर्जाको अपार सम्भावनालाई पनि उपयोग गरी सुख्खायाममा जब नदीहरुमा पानीको बहाव घट्दै जान्छ, त्यतिबेला जलविद्युत्को परिपूरकका रुपमा विद्युत् उत्पादन गर्न सकिन्छ । जबकि नेपालमा सौर्य ऊर्जाको सम्भावना उच्च रहेको छ । यस अतिरिक्त विद्युत्को अभाव भएका क्षेत्रहरुमा ऊर्जा भण्डारण प्रणालीमार्फत विदुत् आपूर्ति गर्न सकिन्छ, जसले ग्रामीण क्षेत्रमा स्तरीय ऊर्जा वितरणलाई बढाउन मद्दत पुग्दछ र अतिरिक्त प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई कम गर्न सकिन्छ ।

    ऊर्जा दिवसको अवसर

    इजिप्टको शर्म अल शेखमा हाल जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७औँ सम्मेलन (कोप–२७) को अवसरमा आज आयोजना गरिने ऊर्जा दिवस नेपालका लागि निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । ऊर्जाका विविध पक्ष र जलवायु परिवर्तनलगायत नवीकरणीय ऊर्जा र ऊर्जा सङ्क्रमणका बारेमा ऊर्जा दिवसका अवसरमा आयोजित कार्यक्रममा छलफल हुने बताइएको छ । विशेषगरी ऊर्जा क्षेत्रमा हाल देखिएको सङ्क्रमण र भविष्यका लागि सम्भावित ऊर्जा स्रोतका रुपमा हरित हाइड्रोजनका बारेमा चर्चा हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहितको उच्चस्तरीय सरकारी अधिकारीहरु ऊर्जा दिवसमा सहभागी हुन इजिप्ट पुगिसकेका मन्त्रालयले जनाएको छ ।

    गत वर्ष स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप २६ का अवसरमा पहिलोपटक आयोजना गरिएको ऊर्जा दिवसमा नेपाल सरकारले सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो । यद्यपि, नेपालको ऊर्जा क्षेत्र अहिले पनि परम्परागत बायोमास र आयातीत इन्धनमा नै निर्भर रहेको छ । यसले वातावरण, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पुर्‍याएको छ ।

    ऊर्जा दिवसका अवसरमा हरित ऊर्जा क्रान्ति तथा आर्थिक वृद्धि, समावेशिता र दिगो विकासका उद्देश्यहरू हासिल गर्न स्वदेशमै उत्पादन हुने विद्युत्को खपत वृद्धि गरी महङ्गो मूल्यमा आयात गरिने इन्धनलाई कम गर्न, स्वदेशी स्वच्छ ऊर्जाबाट बढ्दो ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूलाई विद्युत् निर्यात गरी असन्तुलित व्यापार घाटा कम गर्न एवं विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावनाका बारेमा नेपालले आफ्नो धारणा राख्नेछ । नेपाललाई विश्व समुदायमा यस क्षेत्रमा भइरहेका कार्यहरुका बारेमा बुझ्ने अवसर मिलेको डा अधिकारीले बताए।

    स्वच्छ ऊर्जाको रुपान्तरणमा नेपालले विश्वमै नेतृत्व लिन सक्ने देखिन्छ । कोप २७ को अवसरमा आयोजित ऊर्जा दिवसले नेपालको यस सम्भावनालाई विश्वमा उजागर गर्ने अवसर दिएको छ । नेपाल ग्रिन ग्रिड इनिसेटिभ एन्ड पावरिङ पाष्ट कोल एलायन्समा सहभागी हुनाका साथै कोइलारहित प्रतिबद्धतामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको छ । यससँगै ती प्रतिवद्धताहरुमा नेपालले कोप २७ मा स्वच्छ ऊर्जाका स्रोतहरुका लागि लगानी बढाउन के के कामहरु भएका छन् र स्वच्छ ऊर्जा व्यापार र उत्सर्जन न्यूनीकरणका लागि जलवायु नियमहरु के कति पालना भएका छन् भनेर सहभागी अन्य देशहरुसँग प्रश्न गर्न सक्नेछ ।

    नेपालको ऊर्जा विकासका लागि मिश्रित स्वच्छ ऊर्जा विकास र रुपान्तरण अति नै महत्वपूर्ण विषय हो जसले क्षेत्रीय जलवायु न्यूनीकरणलाई अगाडि बढाउन मद्दत पुग्ने काठमाडौँस्थित बेलायती दूतावासका सस्टेनबल ग्रोथ टिमका प्रमुख हैडी ताभाकोली बताउनुहुन्छ । बेलायत सरकार नेपालको ऊर्जा क्षेत्रको विकास र जलवायुसम्बन्धी कार्यलाई अगाढिड बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    बेलायतले नेपाल सरकारलाई बहुविकास साझेदारका रुपमा साझेदारीमा ग्रिड संरचना र नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरइपी) मार्फत स्वच्छ ऊर्जा सङ्क्रमणका लागि केही वर्षदेखि सहयोग गर्दै आएको छ । एनआरइपी नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच भएको एक सम्झौताअनुसार कार्यान्वयन गरिएको छ । नेपाल सरकार\वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कार्यान्वयन गरिएको यो कार्यक्रममार्फत दिगो ऊर्जा चुनौती कोष सञ्चालन भएको छ ।

    सार्वजनिक सहयोगबाट नेपालमा नवीकरणीय ऊर्जाको विकासका लागि पूर्ण रुपमा निजी क्षेत्रलाई सहयोग गर्न सञ्चालन भएको पहिलो कोष पनि हो । यस कोषबाट लगानी सहयोगमा देखिएको अन्तर कम गर्न, स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न नवीकरणीय ऊर्जा एवं स्वच्छ ऊर्जा सङ्क्रमण परियोजनामा लगानी गर्न तथा आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग गर्नेछ । यस कार्यक्रमअन्र्तगत हालसम्म सौर्य रुफटप परियोजना, सौर्य सिँचाइ परियोजना र बजारमा आधारित अवधारणामार्फत छ हजारभन्दा बढी विद्युतीय चुलो जडान गरिएको छ ।

    विद्युत्को अधिकतम् प्रयोग गरी केही वर्षभित्रै सम्पूर्ण नेपालीलाई स्वच्छ विद्युतीय ऊर्जा उपलब्ध गराउन सकिने अवस्था रहेको सचिव घिमिरेले बताउनुहुन्छ । विश्वका धेरै मुलुकको सहभागिता रहेको कोपजस्ता अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले हरित गृह ग्यासको उत्सर्जन कम गर्न स्वच्छ ऊर्जा स्रोतहरुमा लगानीका लागि आग्रह गर्न तथा अन्य देशमा हरित ऊर्जाको व्यापार एवं उत्सर्जन घटाउने पहिचान गराउन सकिने उनको भनाइ छ ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.