नारायणगढ जेसीजद्वारा आयोजित राष्ट्रिय स्तरको “फर्निटेक नारायणगढ हाफ म्याराथुन प्रतियोगिता २०२२” मा त्रिभुवन आर्मीका मुकेश बहादुर पल प्रथम भएका छन् ।
राष्ट्रिय र क्षेत्रीय स्तरका ४१ जना खेलाडीहरु सहभागी प्रतियोगितामा त्रिभुवन आर्मीका राजन रोकाय दोश्रो , त्रिभुवन आर्मीकै मोहन देव जोशीले तेस्रो भए ।
यसै गरि सान्त्वना स्थान त्रिभुवन आर्मीकै सुबास कार्की र सुशील कुमार कार्की भएका छन् । धावकहरुले क्रमशः १:०५:३३ , १:०५:५०,१:०६:५१, १:०७:०८ र १:१२:१८ समयमा २१.१ किलोमिटर दुरि पार गरेका थिए ।
भुकम्प पिडितलाई हस्तान्तरण गरिएको कुरिनटार स्थित जेसीज गाउँको विकासमा सहयोग पुऱ्याउने उद्देश्य राखिएको कार्यक्रम सम्योजक बिनोद पन्तले जानकारी दिनु भयो ।
१८ वर्षदेखि ४० वर्षसम्मको युवाहरुको व्यक्तित्व एवं नेतृत्व विकासमा समर्पित जेसीज अभियानलाई खेलकुद क्षेत्रसंग प्रत्यक्ष जोड्ने उद्देश्य रहेको नारायणगढ जेसीजका अध्यक्ष अमृत कुमार श्रेष्ठले बताउनु भयो ।
