भारतीय मूलकी मोनिका सिंह अमेरिकामा पहिलो महिला सिख न्यायाधीश बनेकी छन् । उनले ह्यारिस काउन्टीको न्यायाधीशको रूपमा सपथ लिइन् ।
मोनिका सिंह अमेरिकाको ह्युस्टनमा जन्मिएकी थिइन् र त्यहीँ हुर्किएकी थिइन् । हाल उनी श्रीमान् र दुई छोराछोरीसँग बेलेमा बस्छिन्।
समाचार एजेन्सी पीटीआईका अनुसार मोनिका सिंहले शुक्रबार टेक्सासको ह्यारिस काउन्टी सिभिल कोर्टमा न्यायाधीशको रूपमा सपथ लिएकी छन्। मोनिका सिंहका बुबा सन् १९७० को दशकमा अमेरिकामा बसेका थिए ।
विगत २० वर्षदेखि वकालत गरिरहेकी मोनिका सिंह अमेरिकाका धेरै नागरिक अधिकार संस्थाहरूसँग आवद्ध छन् । सपथ ग्रहण समारोहमा मोनिका सिंहले यो उपलब्धि मेरो लागि धेरै अर्थपूर्ण रहेको बताइन्, यसमा म खुसी छु ।
एक अनुमान अनुसार अमेरिकामा सिखहरुको जनसंख्या करिब ५ लाख रहेको छ । जसमध्ये २० हजार ह्युस्टनमा बस्छन्। ह्युस्टनका मेयर सिल्भेस्टर टर्नरले मोनिका सिंहको उपलब्धिलाई सिख समुदायका लागि गर्वको दिन भने।
