• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मुर्मुरिएर पनि शान्त हुन बाध्य छन् ओली


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • कांग्रेसले प्रधानमन्त्री नदिँदा एमालेलगायतका दलको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला गतिविधिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली मुर्मुरिएका छन्।

    Advertisement

    ७९ सिट जितेको दलले ३२ सिटमा मात्र जित निकाल्न सफल माओवादीलाई प्रधानमन्त्री दिएर ओलीले प्रचण्डसँगको सहकार्यलाई अगाडि बढाएका छन्।

    माओवादीलाई प्रधानमन्त्री दिएको एमालेले सभामुख र राष्ट्रपति आफूसँग राख्ने सहमति गरेको थियो। सो सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री छन् भने एमालेबाट देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।

    दुई दलबीचको सहमति अनुसार चार प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन भएको छ भने दुई वटा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ।

    प्रचण्ड नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा भएको छ। अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ। दुई दलबीचको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने हो। तर प्रचण्डका पछिल्ला गतिविधि सहमति पालना गर्नेतर्फ उन्मुख नभएको भन्दै एमाले असन्तुष्ट बनेको छ।

    ओली यतिबेला कांग्रेससँग मिल्ने अवस्थामा पनि छैनन्। किनभने कांग्रेससँग सहकार्य गर्दा एमालेले राष्ट्रपति पद गुमाउनु पर्ने हुन सक्छ। यही कारणराष्ट्रपति निर्वाचन अघिसम्म प्रचण्डले जे जस्ता गतिविधि गरे पनि ओली र सिंगो एमाले प्रतिक्रिया विहीन भएर बस्ने अवस्थामा पुगेका छन्।

    पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने घोषणा मात्रै गरेको छैन, आफ्नै उम्मेदवारले जित्नेसमेत दाबी गर्दै आएको छ।

    कांग्रेसको दाबीलाई सघाउने किसिमले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरिसकेको छ। जसबाट एमाले अध्यक्ष ओली चिढिएका छन्। र, प्रचण्डका पछिल्ला गतिविधिलाई ‘नदेखे’ जस्तो गरी बस्न ओली बाध्य छन्।

    पुस १० मा सात दलबीच सहमति हुँदा सरकार संचालन गर्ने विषयमा कुनै समस्या आए सत्ता साझेदार दलबीच सहमति गरेर समस्या हल गर्ने भनिएको थियो।

    तर अहिले प्रधानमन्त्री प्रचण्डले एकल ढंगले अघि बढ्न खोजेको भन्दै एमाले सशंकित बनेको छ। तर, कुनै प्रतिक्रिया जनाइहाल्ने अवस्थामा उ छैन।

    किनभने अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन माओवादीको साथ एमालेलाई अनिवार्य हुन्छ।

    एमालेका लागि राष्ट्रपति पद यतिबेला ‘स्वयम्भूमा बलेको बत्ति हेरेर रातभर रानीपोखरीमा डुबेर बसेजस्तो’ भएको छ। आन्तरिक र बाह्य शक्ति राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई दिन नहुने भन्दै विभिन्न चलखेल गरिरहेका छन्।

    राष्ट्रपति संवैधानिक पद भए पनि कतिपय सन्दर्भमा निर्णायक हुने भएकाले सबैले आफू अनुकुल राष्ट्रपति बनाउन खोजेका छन्। माओवादीभित्रै पनि राष्ट्रपति एमालेलाई दिन नहुने मत बलियो बन्दै गएको छ।

    यी सबै गतिविधिप्रति ओली पूर्ण जानकार छन्। सबै जान्दा जान्दै पनि ओली रिस दबाएर बस्नुपर्ने अवस्थामा पुगेका छन्। उनी राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै प्रचण्डका गतिविधिलाई नदेखेजस्तो गरी बस्न बाध्य छन्।

    पूर्व सहमति पालना गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको एमालेको बुझाइ छ। पुस १० को सहमति अनुसार गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन प्रचण्ड तयार नभए पछि ओली झन् बिच्किएका छन्।

    त्यसमाथि गृहमन्त्रालयलगायतका विषयमा सत्ता साझेदार दलमा छलफल गर्नुको साटो प्रचण्डले पार्टीका पदाधिकारी बैठकमा सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताए पछि प्रचण्डप्रति एमाले सशंकित बनेको छ।

    ‘अध्यक्ष (ओली) को नेचर कसैको दबाव वा अपमान सहेर बस्ने खालको छैन,’ ओली निकट एक नेताले डिसी नेपालसँग भने, ‘त्यसमा पनि अहिले प्रधानमन्त्री प्रचण्डजीका गतिविधि उहाँलाई मन पर्ने कुरौ भएन। सत्ता गठबन्धनको प्रमुख नेतासँग छलफल नै गरी पार्टी बैठकमा गृहमन्त्रालय रविजीलाई दिन सकिँदैन भन्नु गठबन्धनको संस्कृति विपरित विषय हो।’

    धेरै दवाव र अपमान हुँदा ओलीले झण्डै दुई तिहाइ बहुमत रहेको आफ्नै सरकार विघटन गरेको विगत छ। यदि अहिले राष्ट्रपतिको निर्वाचन भइसकेको हुँदो हो त ओलीको अर्कै मुभ भइसक्थ्यो। ओली यतिबेला कांग्रेससँग मिल्ने अवस्थामा पनि छैनन्।

    किनभने कांग्रेससँग सहकार्य गर्दा एमालेले राष्ट्रपति पद गुमाउनु पर्ने हुन सक्छ। यही कारणराष्ट्रपति निर्वाचन अघिसम्म प्रचण्डले जे जस्ता गतिविधि गरे पनि ओली र सिंगो एमाले प्रतिक्रिया विहीन भएर बस्ने अवस्थामा पुगेका छन्।

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.