आफ्नो उब्जनीको उचित मूल्य नपाएपछि चितवनका किसानहरुले आफ्नो बारीमा उब्जाएको तरकारी ल्याएर भरतपुरका सडकहरुमा फालेका छन् ।
चितवनका विभिन्न स्थानका किसानहरु भरतपुरमा आएर पूर्वपश्चिम राजमार्गमा तरकारी फालेका हुन् ।
भारतबाट आयातित तरकारीले भरतपुरका मण्डीमा कब्जा जमाएको र चितवनमा उत्पादित तरकारीले मूल्य नपाएपछि किसानहरुले विरोध स्वरुप सडकमा तरकारी फलेका हुन् ।
