हामी नेपालीहरुले अब आयात कम गरी निर्यात बढाउन तर्फ ध्यान दिनुुपर्छ । नेपालमै उत्पादन हुने बस्तुको आयतमा १००% प्रतिशत रोक लगाई नेपाली उत्पादनको प्रयोग बढाउनुको बिकल्प छैन । संसारका विकसित मुलुक हेर्ने हो भने सबै आफ्नै श्रोत साधनको प्रयोग गरेरनै यो स्थानमा पुगेका छन् ।
एउटा मृगले आफ्नो नाभिको बास्ना थाहा नपाएर भौतारिएझै आज सम्पुर्ण नेपाली हामी स्वयम आफुसामु बिच भएको श्रोत साधनको मुुल्य र पहिचान गर्न नसकि बाहिरी आयात तर्फ ध्यान केन्द«ीत गरिरहेका छौ ।
हाम्रो देशमा अरु कोही विदेशी आएर विकास गरिदेला भनेर कहिले सम्म मौन बस्ने ? हाम्रो आफ्नो घर बलियो बनाउन हामी दाजुभाई, दिदिवहिनी, बाबुआमा सबै सक्रिय हुन अत्यन्त जरुरी छ । आज कोही छिमेकी र विदेशीले सहानुुभुति देखाउदै सहयोग गर्छन् भने, यती कुरा ढुक्क नहुनुकी उनीहरु हाम्रो घर भित्रको सदस्य हुन् भनेर, उनीहरुले सधैँ हाम्रो पक्षमा सकरात्मक कुराहरु मत्रै गर्छन् भनेर तर यति विचार गर्नुकी उनीहरु जतिसुकै मिल्ने भए पनि दुःख आपत् पर्दा खेरी बाहिर ठिक्क पारेपनि छिमेकी र बाहिरी मान्छे भित्रको मन हासेको हुन्छ र त्येही प्रतिकुल अवस्थाको पक्कै फाईदा उढाउन उनीहरु हरदम तयारी अवस्थामा रहेका हुन्छन् ।
कुनै पनि व्यक्ति बिशेष, राष्ट्र विशेषलाई गाली गरेर राष्ट्रीयता देखाउने र झल्काउने नेताहरुले यो बुझ्नु पर्छ अरुलाई÷छिमेकीको गाली गर्दैमा हाम्रो २० तलाको भवन निर्माण हुन सक्दैन । हामी सधैँ राष्ट्रवादी हुुन चाहान्छौँ र देश विकसित भएको हेर्न चाहान्छौँ भने सर्वप्रथम हामी हाम्रो देशलाई निर्माण गर्न जरुरी छ ।
कसैको बहकाउमा लागेर गलतको साथ दिनुभन्दा स्वयम आफु एक्लै भएपनि सत्मार्गमा हिड्नुनै वुद्धिमानी मानिन्छ । छिमेकीसँग छिमेकिको सम्बन्ध बनाई राख्नु जरुरी हुन्छ । जसरी हाम्रो जिवनमा टाडाको दाजुभाई भन्दा आगन छेउको छिमेकीको महत्व ज्यादा हुन्छ, त्यसरीनै हामी हाम्रो छिमेकी राष्ट्र सँग एउटा मित्रवद व्यवहार राख्न सक्नु पर्छ ।
तर यो पनि विचार गर्न जरुरी छ, ठूलो छिमेकीले बेलाबेला सानो सानो छिमेकीलाई हेर्ने नजर परिवर्तन हुन सक्छ भन्न नसकिएला जुन बेला सानो छिमेकीले पुुर्ण रुपमा ठूलोसँग निर्भर रहन्छ । यो मानवीय प्रकृतिनै हो, जव आफुसँग पुर्ण निर्भर कोही छ भने उसलाई कुनै न कुनै दिन आफ्नो मार्गमा ल्याउन कोसिस गर्ने र यो हाम्रो मतदान र र्यालीको बेला देखिदै आएको पनि छ ।
एक छाक मासु भात र रक्सीको लागि आफ्नो भोट बेच्ने र विवेक नपु¥याउने हामी नेपाली पछि अरुको गुुलाम हुन केहिबेर लाग्दैन । हामी नेपालीहरु कहिले सम्म मागेको धोती र रोटी खाएर बस्ने? अब हामीले बेरोजगारको निम्ती , खस्कदो व्यपारको समृद्धिको लागि , नाफा मुलक, उत्पादन मुलक केही गर्नु छ, नेपाललाई समृद्ध राष्ट्र बनाउनु छ ।
आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक हेर्ने हो भने नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार मूल्य बरावरको बस्तु तथा सेवा आयात गरेको देखिन्छ । यसै गरि नेपालले सोहि समयमा २ खर्ब ३ करोड ६१ लाख मूल्य वरावरको वस्तु तथा सेवा निर्यात गरेको थियो । समग्र रुपमा बुज्ने हो भने नेपालको आर्थिक घाटा १७ खर्व २० अर्ब ४१ करोड ८७ लाख रहेको छ । नेपालको बैदेशिक व्यापार घाटा यतिबेला समग्र अर्थतन्त्रको लागि टाउको दुखाई बनेको छ ।
व्यापार घाटा हुनुमा मुख्य कारक को को भनेर प्रश्न चिन्ह सृजना भएको अवस्थामा यसको उत्तर रहेने छ ’ स्वयम् नेपाली जनता ’ । हामी नेपालीहरुको जीवन र दिन चर्या यति विलासी बन्दै गई रहेको छ कि , ‘नुन देखि सुन सम्म’ सबै वस्तु विदेशी खोज्ने । नेपालमा उत्पादन भएका वस्तुहरु सबै कमसल र गुणस्तरहिन हुन्छन भन्ने मनोभावना राख्ने र बिदेशी वस्तु सबै उत्कृस्ठ गुणस्तरका हुन्छन भन्ने कपोलकल्पित भावना नै व्यापार घाटाको मुख्य कारक हो ।
जव सम्म नेपालमै उत्पादन भएका वस्तु हरु पनि उत्कृस्ठ हुन्छन् भन्ने कुरा हरेक नेपालीको मन र मस्तिस्कमा बस्दैन तब सम्म नेपालको व्यापार घाटा दिन दुइ गुणा र रात चार गुणा क्रममा बढ्ने निश्चित छ ।
यसको अर्थ यो पनि होइन कि नेपाली कम्पनिले गुणस्तरहिन समान उत्पादन गरे पनि उनीहरुकै उत्पादन प्रयोग गरिनु पर्छ । वस्तुको गुणस्तरमा सरकारी पक्षबाट निरन्तर अनुगमन हुनु जरुरि छ । ’आफ्नालाई काखा अरुलाई पाखा ’ लगाउने प्रवित्ति निर्मूलन गर्नु अत्यावस्यक देखिन्छ । उत्पादन शिल क्षेत्र लाई उचित वातावरण सृजना गर्नु , अनुदान प्रदान , कर छुट को सुबिधा , व्यवसायिक तालिम, युवा लाई शिप सिकाउनु राज्यको कर्तब्य हो ।
कुनै पनि उत्पादन मुलक संस्थाले भूलवस ÷ अज्ञानता ले कुनै गल्ति गर्छ भने उक्त संस्थालाई सुधार्ने मौका को ज्ञान र शिक्षा दिनु पर्दछ । तर गल्ति बार बार दोहोर्याउने गर्ने, हेलचक्राई गर्ने र लापरवाही गर्दै जान्छ भने त्यस्ता उद्योग लागि राष्ट्रियकरण गरिनु पर्दछ ।
बजारमा देखिएको अस्वाभाविक र अस्वस्थ प्रतिस्पर्धा रोक्नको लागि नेपालमा उत्पादन हुने वस्तुहरुको आयातमा रोक लगाई राज्य स्तरबाट नै मूल्य निर्धारण हुनु पर्दछ । नाफा धेरै कमाउने लोभ मा कुनै ब्यापारीहरुले नेपाली सामग्रीको मूल्य धेरै राखी , सस्तोमा आयातित बस्तु बेच्ने गरेको प्रसस्त उदाहरण देखिदै आएको छ ।त्यसैले मूल्य नियन्त्रणमा राज्यबाट निरन्तर नियमन हुनु पर्ने र बस्तु को अधिकतम् र न्युनतम मूल्य तोकिनु जरुरि छ ।
अन्त्यमा हामी नेपालीहरुले नेपाली उत्पादन प्रयोग गर्छु भन्ने विचार सृजना र अठोट हुनु पर्दछ । हामीलाई हाम्रै वस्तुसंग विश्वास लाग्दैन भने निर्यात गरेर विश्वमा कुन देशका नागरिकले हाम्रो उत्पादन खरिद गरि उपभोग गर्लान र ?
