• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ।

    Advertisement

    ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो।

    सम्झौताअनुसार गत असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट बुझेर लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ। खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोडमा विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत विद्युतीकरणको काम अघि बढाइएको थियो।

    अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाखमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाखमा विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो।

    तर सो कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगे यता अन्य उपकरण नलगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए।

    लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन्। डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए। अँधेरी र खैलामा डोजरले अलपत्र तार चुँडाएको छ । ‘हङ्मामा तार छरपष्ट छ। पिक्लाममा पोल लडिरहेको छ,’ राईले भने, ‘डेढ वर्षअघि बल्नुपर्ने बत्ती अझै बलेको छैन । यो विद्युतको लापरवाही हो। ठेकेदारको बदमासी हो।’

    लिकुवापोखरीका पुर्ववडाध्यक्ष खड्ग कार्कीका अनुसार निर्माण व्यवसायी दिनेश थापाले ४९ वटा पोल पिक्लाम र बेगुवामा बेवारिसे अवस्थामा राखेको छ। ढुवानीको जिम्मा लिएका भविन कार्कीले हालसम्म भुक्तानी पाएका छैनन्। विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराइरहेकोछ। निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटि तथा एलटि लाईनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ।

    ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीले बताए। विद्युतीकरणका लागि आवश्यक एबिसि केवल, डिस्क, पिन, तार, च्यानल हार्डवेर स्टोरमा रहेको दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    ठेकेदार सम्पर्कविहीन

    विद्युतीकरणको ठेक्का लिएको निर्माण कम्पनीले सम्झौता मितिभित्र काम सम्पन्न नगरेपछि २०७९ पुस ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो। थप भएको म्याद पनि कामै नगरी गुज्रिएपछि ठेकेदार कम्पनी पुःन म्याद थपका लागि सम्पर्कमा नआएको प्राधिकरणको दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    विद्युतीकरणको काम अलपत्र पारेपछि २०७९ भदौ ७ गते ताकेता पत्र पठाएको दिक्तेल वितरण केन्द्रले सम्झौता उल्लंघनका विषयमा २०७९ मंसिर १८ गते स्पष्टीकरण माग गरेको थियो। जवाफमा २०७९ मंसिर २५ गते स्पष्टीकरण दर्ता गरेको ठेकेदारले २०७९ माघ ३० गतेसम्ममा सबै काम सक्ने मञ्जुरनामा गरेका थिए।

    तर, निर्माण व्यवसायी थापाले फोन नै उठाउन छाडेको लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजीले बताए। ‘अहिलेसम्म ८० वटा पोल झारेका छन्। आधा क्वायल तार छरपष्ट परेको देखिन्छ,’ महाराजीले भने, ‘पुस १५ गते फोन गर्दा पाँच दिनपछि आएर काम गर्छु भनेको ठेकेदारले अहिले फोन उठाउन छाडेको छ।’

    विद्युतीकरण अलपत्र हुँदा मिटरबक्स पनि थन्किए

    विद्युतीकरणको काम अलपत्र हुँदा अधिकांश सेवाग्राहीका मिटरबक्स पनि थन्किएका छन्। लिकुवापोखरीमा प्रतिघर चार हजारका दरले रकम उठाएर लगिएको मिटर बक्स हालसम्म राखेकै ठाउँमा थन्किएका छन्।

    लिकुवापोखरीका सेवाग्राहीबाट रकम उठाएर विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक शिव श्रेष्ठले २०७७ भदौमा दिक्तेलबाट ३० सेवाग्राहीको मिटर बक्स लगेर पुर्ववडाध्यक्ष कार्कीको घरमा थुपारेका छन्। लालपुर्जा नभएका सेवाग्राहीबाट श्रेष्ठले मिटर बक्स ल्याउनका लागि प्रतिपरिवार छ हजारका दरले रकम उठाएका थिए। श्रेष्ठले पैसा उठाएर मिटर बक्स खरिद गरेर गाउँमा लगिदिने ठेक्का लिएका हुन्।

    विद्युतीकरणको काम अलपत्र पर्दा र ऋणपान गरेर ल्याएको मिटर बक्स हलसम्म प्रयोगमा नआउँदा सेवाग्राही आक्रोशित छन्। विद्युतीकरणका क्रममा मिटर बक्स र घरसम्म पुग्ने तार स्वयं ग्राहकले खरिद गर्नुपर्ने हुन्छ। विपक्षीले राजनीतिक फाइदाका लागि पुर्ववडाध्यक्ष कार्कीले मिटर बक्स आफ्नो घरमा राखेको आरोप लगाउँछन्। कार्कीले भने विद्युतीकरण सकिएपछि लैजानेगरी आफ्नो घरमा मिटर बक्स स्टोर गरिएको बताउँछन्।

    कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्राचार

    खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले अजिमा–मरिन–चन्द्रकुमारी जेभीको कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्र पठाएको छ।

    बोलपत्रदाताले समयमा काम नगरेको हुँदा ठेक्का रद्ध गरिएको उल्लेख गर्दै दिक्तेल वितरण केन्द्रले कृषि विकास बैंक लिमिटेड, स्वयम्भु, काठ्माडौंलाई वितरण केन्द्रको नाममा जारी गरिएको पर्फमेन्स ग्यारेन्टी जफत गराएर वितरण केन्द्रको धरौटी खातामा जम्मा गर्न पत्राचार गरेको हो।

    फागुन ८ गते पठाइएको पत्रमा निर्माण कम्पनीको तीन लाख १६ हजार रुपैयाँ पर्फमेन्स ग्यारेन्टी जफत गर्न भनिएको छ।

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.