• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मोफसलका ‘आँखा बा’


  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ । आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उहाँको परिचय हो ।

    Advertisement

    भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उहाँलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाउनुभएको छ । विसं २०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुनुहुन्छ । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति सङ्घमार्फत विसं २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो ।

    सुरुआतका दिनमा तिनै समाजसेवीले मासिक रु एक हजार र पछि एकमुष्ट रु पाँच हजार सङ्कलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो । लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा विसं २०६० पछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुनुहुन्छ । सुरुआतीदेखि नै समूहमा उहाँ रहे पनि जुन समयदेखि उहाँले नेतृत्व सम्हाल्नुभयो, अस्पतालले ठूलो सफलता हात पा¥यो । विसं २०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो ।

    समाजसेवी मास्के भन्नुहुन्छ, “विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो ।” यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ । विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पु¥याउनुभएको हो । सो सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के हाल पनि सङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ ।

    ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मा¥यो । उहाँ सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन । उहाँले भन्नुभयो, “मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो ।” सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा छ सय पुगेको उहाँ बताउनुहुन्छ । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो सङ्ख्या आठ हजार पु¥याउन सकेकामा उहाँलाई गर्व छ ।

    उहाँको निरन्तरको साथका कारण अहिले बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा हुनुभयो । अहिले उपचार केन्द्रको यो सङ्ख्या १४ पुगेको छ । तीनवटा थप गर्ने तयारीमा छ । उहाँले स्मरण गर्नुभयो, “म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।” अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन हुँदै आएको छ ।

    अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् । जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उहाँलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उहाँ बताउनुहुन्छ । आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ, बैङ्ककलगायतका सहरमा पुग्नुभएको छ ।

    उहाँलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उहाँलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दैछ । स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो । सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो ।”

    एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु ।”

    आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.