नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। आईएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो।
आईएमई जनरल इन्स्योरेन्सको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
यस्तै, विन नेपाल लघुवित्त को ९.३३ प्रतिशतले हुन आउने ६७ हजार ६५० कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९.३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
