• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन्।

    Advertisement

    जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ।

    जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङआदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन्।

    “जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी वैद्यले भने, “जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाले अपेक्षाकृत तयारी कम गरेको पाइएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ।”

    उनले जिल्लामा कुनै पनि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालासँग समन्वय गरी पूर्वतयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताए। “हाल पालिकामा काम कसरी भइरहेको छ भनेर जानकारी लिइरहेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ”, उनले भने, “अपेक्षाअनुसार उपलब्धि नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ।”

    जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गरे पनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यको भनाइ छ।

    “पालिकास्तरमा सरोकारवालासँग समन्वय गरेर विपद पूर्वतयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपद् पूर्वतयारी फितलो भएको पाइएको छ”, उनले भने।

    दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिए। विपद्का कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ। विपद्मा परेर थुप्रै परिवार विस्थापित भएका छन्।

    उनका अनुसार गत वैशाखदेखि चैत २३ सम्म आगलागीका ५८ वटा घटना भएका छन्। वैशाखमा १९ वटा, जेठमा तीन, साउनमा तीन, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र चैतमा तीनवटा आगलागीमा सयौँ परिवार विस्थापित भएका छन्। आगलागीका कारण मानवीय क्षति भने भएको छैन।

    भारी वर्षाका कारण असारमा चार, साउनमा तीन, भदौमा ३८, असोजमा तीन सय ८६, कात्तिकमा पाँचवटा घटना भएका छन्। बाढीपहिराका तीन सय सातवटा घटना भएका छन्। जिल्लामा हालसम्म चट्याङका छवटा घटना भएका छन्।

    जिल्लामा सर्पदंशका तीनवटा घटना तथा भूकम्पका दुईवटा घटना भएका छन्। करेन्ट लागेका छवटा घटना भएका छन् भने पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका विपद्जन्य घटनाका कारण करिब १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ।

    यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गर्मी मौसम सुरु भएको हुँदा आगलागीका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्वतयारीस्वरुप पालिकास्तरमा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

    विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रोतका फोकल पर्सनबीचको बैठकले पालिकाका सबै वडा क्षेत्रमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ।

    बैठकले पालिकामा रहेका दमकल साथै अग्नि नियन्त्रणका सामग्री तयारी अवस्थामा राख्ने र उद्धारमा प्रयोग हुने सामग्रीको अभिलेख अद्यावधिक गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पठाउने निर्णय गरेको छ। गर्मी मौसम सुरु भएसँगै केही दिनयता जिल्लामा आगलागीका जोखिम बढेको छ।

    जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिकस्थलमा आगलागीका घटना भइरहेका छन्। वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय, सामुदायिक वन समूहलगायतको सक्रियता छ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ शुरु
    प्रदेश सांसद् लामाद्वारा रत्ननगर अस्पतालको निरीक्षण
    तमू समाजद्वारा एकदिने संस्कृति संस्कार र भाषा लिपि सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न
    फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित
    सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन
    चिनमा नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानीका लागि लगानी सम्मेलन सम्पन्न द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.