• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भारतले शांघाइ सहयोग संगठनको सम्मेलन अचानक भर्चुअल बनाउने निर्णय किन गर्‍यो ?


  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • जुलाइ ४ मा हुन लागेको सांघाई सहयोग संगठनको शिखर सम्मेलन लगभग एक महिनाअघि नै परराष्ट्र मन्त्रालयले भर्चुअल रुपमा आयोजना गर्ने घोषणा गरेको छ । यसअघि बैठकमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख आफै सहभागी हुने भनिएको थियो तर अहिले अचानक परिवर्तन भएको छ ।

    Advertisement

    विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भन्यो, ‘भारतको पहिलो अध्यक्षतामा, एससीओका राष्ट्राध्यक्षहरूको २२ औं शिखर सम्मेलन ४ जुलाई २०२३ मा आयोजना हुनेछ, जसको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्।’

    एससीओ सदस्य राष्ट्र चीन, रुस, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानलाई भिडियो कन्फ्रेन्समार्फत शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । तुर्कमेनिस्तान स्थायी आमन्त्रित छ भने इरान, बेलारुस र मंगोलियाका राष्ट्रपतिहरूलाई पर्यवेक्षक राष्ट्रका रूपमा निमन्त्रणा गरिएको छ।

    परराष्ट्र मन्त्रालयले भर्चुअल रूपमा शिखर सम्मेलन किन बोलाउने निर्णय गरेको हो भन्नेबारे केही बताएको छैन । तर, बैठक स्थलबाटै गर्ने योजना बनाउँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफलगायत मध्य एसियाली मुलुकका नेताहरुलाई दिल्ली भ्रमणको निम्तो पठाइएको थियो । यस्तो अवस्थामा पाकिस्तान र चीनसँगको असहज सम्बन्धका कारण यो निर्णय लिइएको हो भन्ने प्रश्न उठिरहेको छ ।

    कूटनीतिक श्रोतहरुका अनुसार परराष्ट्र मन्त्रालयले भर्चुअल रुपमा शिखर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुअघि नै उनीहरुलाई जानकारी गराएको हो । एससीओको राष्ट्रिय संयोजक योजना पटेलले सोमबार सदस्य राष्ट्रहरू र एससीओका महासचिव झाङ मिङलाई एउटा आकस्मिक पत्र पठाएर भनिन्, ‘जुलाई ४ तारिखमा हुने एससीओ शिखर सम्मेलनलाई भारतले भर्चुअल रूपमा आयोजना गर्ने सबैलाई जानकारी गराउन चाहन्छ।’

    गत वर्ष उज्बेकिस्तानको समरकन्दमा एससीओको बैठक भएको थियो । कूटनीतिक स्रोतहरूले द हिन्दूलाई भने कि भर्चुअल शिखर सम्मेलनको पछाडि एउटा कारण चीन र पाकिस्तान लगायतका केही देशका नेताहरूले बैठकमा आफ्नो व्यक्तिगत सहभागिताको पुष्टि नगरेकोले हुन सक्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि युक्रेनमा जारी युद्धका कारण बैठकमा सहभागी हुने सम्भावना कम थियो ।

    अधिकारीहरूले भने कि प्रधानमन्त्री मोदीको यात्रा तालिका पनि धेरै व्यस्त छ। उनी जुन १९ देखि २४ सम्म अमेरिका भ्रमणमा छन् र राष्ट्रिय दिवस परेडमा सहभागी हुन जुलाई १४ मा पेरिस जानेछन् । यसैबीच, शिखर सम्मेलन हुने ठाउँमा पनि आयोजनास्थलको काम पूरा हुन सकेको छैन । शिखर सम्मेलन दिल्लीको प्रगति मैदानमा हुने भनिए पनि एक महिनाभित्रै तयार हुने सम्भावना छैन ।

    बैठकलाई वर्चुअल रूपमा आयोजना गर्नुको पछाडि चीन पनि ठूलो कारण हुनसक्छ । एससीओलाई चीनको प्रभुत्व रहेको संगठन भनिन्छ। अहिलेको विश्वव्यापी परिस्थितिमा भारतले चीनको नेतृत्वमा रहेका देशको संगठनलाई खासै महत्व दिन नचाहेको विश्वास गरिन्छ ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.