
इच्छाकामना गाउँपालिका वडा नं. ६ जलबिरेमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।
लाइफलाइनको रुपमा रहेको नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको कारण हुन सक्ने सडक अबरुद्धको समयमा तत्काल खटिई राजमार्ग सुचारु गर्न तथा यात्रुलाई आबश्यक सहयोगको लागी पोष्ट खडा गरिएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
