• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कोशी प्रदेशमा सरकार परिवर्तनपिच्छे प्रधानमन्त्री दाहालका ज्वाइँ आचार्य मन्त्री


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • नेकपा(माओवादी केन्द्र)का अधयक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य सरकार परिवर्तनपिच्छे कोशी प्रदेशको मन्त्री नियुक्त भएका छन्।

    Advertisement

    प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगाका पति उनी यस अघि एमाले माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीको सरकारमा समेत पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए।

    गत सोमबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो। उक्त सरकारमा मन्त्री रहेका आचार्यलाई फेरि मन्त्री बनाउन नहुने अडानमा माओवादी कोशी प्रदेशका सांसदहरु थिए।

    उनको मन्त्री नियुक्तिमा विवाद हुँदा नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। माओवादी केन्द्रका कोशी प्रदेशमा सिनियर नेतालाई पछि पार्दै पटके मन्त्री बन्नुमा ससुरासमेत प्रधानमन्त्री दाहालको प्रमुख भूमिका रहेको छ।

    प्रधानमन्त्री दाहालको आर्शीवादले पटक पटक मालदार मन्त्रालय हडप्न सफल भएका छन्। अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री रहेका आचार्य दास्रो पटक अन्य सिनियर नेताहरुलाई उछिनेर फेरि मन्त्री बनेका हुन्।

    उनको मन्त्री पदमा लालसा अन्य कोशी प्रदेशका माओवादी नेताहरु आजित भएका छन्। सुप्रिमो प्रधानमन्त्री दाहालको ज्वाइँँ भएकै कारणले उनले पटक पटक अवसर पाउँदा कोशी प्रदेशका जनयुद्ध लडेका माओवादीका सांसदहरु रुष्ट छन्।

    अघिल्लो कार्कीको नेतृत्वमा एमालेको सरकार बनाउनमा आचार्यको प्रमुख भूमिका रहेका थियो। उनकै जोडबलमा माओवादीले कोशी प्रदेशमा मुख्यमन्त्री नलिएको चर्चा चलेको थियो।

    एमाले माओवादी गठबन्धनका क्रममा मुख्यमन्त्री बाँडफाँटमा कुनै हालतमा तत्कालीन १ नम्बर हालको कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री नलिन केन्द्रमा लबिङ गरेको माओवादी स्रोत बताउँछ।

    मुख्यमन्त्री माओवादीले पाएमा संसदीय दलको नेता इन्द्र आङबो मुख्यमन्त्री बन्ने र आफू मन्त्री हुन नपाउने भएकाले प्रधानमन्त्री दाहालसँग एमालेलाई मुख्यमन्त्री छोड्न दवाब दिएको स्वयम माओवादी नेताहरु बताउँछन्।

    केन्द्रीय सरकारको प्रधानमन्त्री रहेका ससुरा दाहालको दबावमा मन्त्री बनाइएका आचार्यले आज शपथ लिएका छन्। उनलाई फेरि मालदार अर्थ मन्त्रालयको जिम्मा दिइएको छ।

    उनको बारम्बारको मन्त्री नियुक्तिले माओवादी केन्द्र कोशी प्रदेशसभाका सांसदहरुमा असन्तुष्टि बढ्दै गएको छ। उनको माओवादी केन्द्रमा जर्बजस्ती उपस्थितिलाई लिएर अनेकौं टिप्पणी हुने गर्दछ। आचार्य माओवादीमा खास योगदान भएका पात्र होइनन्।

    उनले दाहलापुत्री गंगासँग लगन गाँठो कसेपछि मात्रै माओवादी पार्टीमा भित्रिएका हुन्। त्यस अघि उनको माओवादीमा कुनै योगदान नभएको माओवादी नेताहरु बताउँछन्।

    यस अघि नेपाली मूलका भारतीयसँग विहे गरेकी गंगाको आचार्यसँग यो दोस्रो विहे हो। गंगा प्रधानमन्त्री रहेका आफ्नै बुबा दाहालको स्वकीय सचिव छिन्। उनी प्रधामन्त्रीको सचिवालयकी हर्ताकर्ता हुन्। यता प्रधानमन्त्रीको सचिवालयमा हर्ताकर्ता रहेकी गंगाले कोशी प्रदेशमा पति आचार्यलाई मन्त्री बनाउन निकै पहल गरेको बताइएको छ।

    कोशी प्रदेशको नयाँ सरकार गठन अवैध रुपमा गरिएको बताउँदै एमाले सर्वोच्च अदालतमा पुगेको छ। ९३ सदस्यीय प्रदेशसभा सदस्य रहेको कोशीमा सरकार गठनका लागि ४७ सांसदको आवश्यकता पर्दछ।

    कोशी प्रदेशमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको १ सिट रहेको छ।

    सत्ता गठबन्धनले अहिलेको सरकार गठनका लागि संसद संख्या पुर्‍याउन बहालवाला सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेको भन्दै एमालेले सरकार गठन प्रक्रिया असंवैधानिक रहेको दाबी गरेको छ।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.