• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

साङलाइङ राजाको बंश सग जोडिएको विजयपुरको धार्मिक ईतिहास


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • नेपालको एकिकरण गर्नुपूर्व विजयपुर क्षेत्र लिम्बुराज्यको राजधानीको रुपमा प्रख्यात थियो भने कोशी नदीको पूर्वपट्टि वर्तमान मोरङ जिल्लामा खेबाङबंशी राजाको राज्य थियो । हालको सिमाना अनुरूप लिम्बु राजाकोको दरबार बाराताप्पा (धरानको आसपास) मा थियो । उनको राज्यको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा कोशी नदी, उत्तरमा साँगुरी गढी (हालको भेडेटार लाइन) र दक्षिणमा जलाल गढ (हालको भारत पूर्णिया जिल्ला) सम्म कायम रहेको थियो भनेर ईतिहासमा पढ्न पाईन्छ । नेपालको कोशि र मेची अञ्चलको धेरै भूभाग यस राज्यमा पर्दथ्यो । विजयपुर राज्य ईतिहासमा शक्तिशाली राज्यको रूपमा थियो भनेर चिनिन्छ । किनभने प्राचिन नेपाल एकीकरण युगमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई समेत यो राज्यलाई जित्न गाह्रो परेको थियो ।

    Advertisement

    ऐतिहासिक दस्तावेज अनुसार वि.सं. १४२१ देखि उक्त क्षेत्रमा साङलाइङ नामक एक लिम्बू राजाले राज गर्दथिए । किराँत वंशावलीमा साङलाइङ राजा साक्वादेन लिम्बू थिए भनेर समेत उल्लेख गरिएको पाईन्छ । साङलाइङका पुर्खाहरु भारतको आसाम स्थित कामरुप कामाख्या क्षेत्रबाट आएको ईतिहास पाईन्छ । साङलाइङका छोरा पुङलाइङ (अमर राय), उनका छोरा किर्तिनारायण राय, उनका छोरा अपनारायण, उनका छोरा इङदिन नारायण र तिनको छोरा विजयनारायण समेत गरि जम्मा सात पुस्तासम्मको ईतिहास त्यहा पाईन्छ । साङलाइङ राजा उदार एवं धार्मिक स्वाभावका थिए । उनि किराती नै भएपनि कामाख्या क्षेत्र बाट आएको भएकैले होला हिन्दु मतको सम्मान गर्दथिए ।

    साङलाइङ राजाले त्यहा आएर शासन गर्नुपुर्व देखि त्यहा हिन्दु संस्कृतिको अभ्यास गर्ने गरिएको भएकैले होला उनका छोरा पुङलाइङले हिन्दु सभ्यता र संस्कृति प्रति आकर्षित भएर आफ्नो नामलाई नै परिवर्तन गरेर हिन्दु रित परम्परा अनुसार अमर राय राखेको प्रमाण समेत पाईन्छ ।

    यिनै अमर रायको बंशदेखि लगातार छ पुस्तासम्मका किराँत लिम्बू राजाहरुले आफ्नो नाउँको अन्तमा राय थरी उल्लेख गर्दै आएको पाइन्छ । रायहरू नै कालान्तरमा राई भएको हो भनि ईतिहासकार ईमान सिंह चेम्जोंगले “किराँतकालिन विजयपुरको संक्षिप्त इतिहास” नामक शिर्षक दिएर एउटा वृहत ऐतिहासिक लेख बनाएर उल्लेख गरेको छन् ।

    लिम्बू, खम्बू, आठपहरिया, याक्खा, लोहरुङ र याङफूहरुले आफ्नो नाउँको अन्त्यमा राय अथवा राई भनी लेख्न नि यहि बाट शुरू गरिएको पाईन्छ । यिनै बंशको अन्तिम राजा विजयनारायण लिम्बूले फेदापथुंको राजा मुरेहाङ खेवाङसँग मित्रता कायम गरी दुवैको सहमतिबाट साँगुरी गढी र वाराताप्पा गढीको मध्यस्थानमा नयाँ शहर बसाई त्यो शहरको नाउँ आफ्नो नामसँग जोडेर विजयपुर राखिएको हो । तिनै साङलाइङका सातौ पुस्ताको सन्तान विजयनारायण रायले आफ्नो नाम विजय भारती राखेको ईतिहास पाईन्छ ।

    विजयपुर क्षेत्रमा हिन्दु मन्दिरहरू बन्ने क्रमको शुरुवात कहिले देखि भयो भन्ने कुराको कुनै ठोस प्रमाण पाईन्न । लिम्बु राजा साङलाइङका सन्तान पुङलाइङ अर्थात अमर रायको पालामा समेत त्यहा हिन्दु सभ्यता र संस्कृतिको अभ्यास र विकास भएको तथा पुङलाइङले आफ्नो नाम समेत परिवर्तन गरेको पाईन्छ ।

    तिनै अमर रायको सन्तान एवं नातीहरू किर्तिनारायण, अपनारायण, इङदिन नारायण, विजयनारायण रायहरूले त्यहा कैयौ मठ मन्दिर निर्माण गरेको ईतिहास पाईन्छ । आज आएर विजयपुरको ईतिहास सम्मको जानकारी नभएका केहि व्यक्तीहरूले विजयपुर भनेको त किराती मात्रको थलो हो । त्यहा मन्दिर बनाउन पाईन्छ भने चर्च पनि बनाउन पाईन्छ भनेर तर्क राख्ने गरेको पाईन्छ ।

    तर त्यस्ता स्वघोषित विद्वानहरूले के बुझ्नु पर्दछ भने साङलाइङका सन्तान पुङलाइङले त्यहा स्थित हिन्दु परम्परालाई मन पराएर त्यसको अभ्यास गर्दै आफ्नो नाम थर नै परिवर्तन गरेका थिए भनेपछि अवस्य विजयपुर क्षेत्रमा साङलाइङ राजाको शासन हुनु पुर्व देखि नै हिन्दु विधी अभ्यासमा थियो । हिन्दु परम्परा र विधी नै त्यहा थिएन भने पुङलाइङले अवस्य आफ्नो नामलाई परिवर्तन गरेर अमर राय राख्ने थिएनन ।

    धरानदेखि करिव तीन किलोमिटर उत्तर पूर्व स्थित यो क्षेत्र धरानको पहिचान र सस्कृति झल्काउने स्थान हो । धरानको पिण्डेश्वरहरु जत्तिकै महत्वको पञ्चकन्या मन्दिर विजयपुरमा अवस्थित छ । विजयपुर क्षेत्रमा झण्डै ५० को हाराहारीमा मन्दिरहरु रहेकाछन् । साङलाइङका सन्तान पुङलाइङ अर्थात अमर रायको पाला देखि, शाह बंशीय राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा त्यहा धेरै मन्दिरहरु निर्माण गरिएका छन् । पुरातात्विक महत्वको मन्दिरहरु केही जिर्णोद्धार अवस्थामा छन् ।

    पिण्डेश्वर मन्दिर परिसरमा मात्रै १६ वटा अन्य मन्दिरहरु रहेको विजयपुरका जानकार प्राध्यापक डा. राजेन्द्र शर्मा बताउँछन् । विजयपुर क्षेत्रमा गादी गणेश मन्दिर, पिण्डेश्वर मन्दिर परिषरमै रहेको बालाम्बा पिण्डेश्वर भगवतिको मन्दिर, त्यसका अलवा भीमसेन मन्दिर, विद्यवासिनीदेवीको मन्दिर, साहिली बाहिनी मन्दिर, गुप्तवासिनी देवी, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, श्रीराम मन्दिर, लक्ष्मीनाराण मन्दिर, बलभद्रेश्वर शिवालय, सिंहदेवी भगवती मन्दिर आदी रहेका छन् ।

    त्यस्तै चन्द्रेश्वर शिवालय, सिद्धिविनायक गणेश मन्दिर, सिद्धेश्वर महादेव, सिंहवाहिनी मन्दिर, शिव मन्दिरलगायतका मन्दिरहरु धरानको विजयपुर क्षेत्रमा मात्रै छन् । जुन मन्दिरहरु अस्तित्वमा भए पनि स्थानीय भक्तालूहरु समेतले वास्ता गर्ने गरेका देखिदैन । धेरै मन्दिरहरू सम्प्रदाय विशेष मन्दिरहरु भएकाले पनि त्यहा चहलपहल केही कम हुने गरेको छ ।

    धरानमा हालै निर्माण गरिएको मुगादेवी मन्दिर पनि अस्तित्वमा छ । त्यसैले विजयपुरको आफ्नै सास्कृतिक महत्व छ । यसको ऐतिहासितालाई हेर्ने हो भने धरान शहरको निर्माण हुनु पूर्व देखि नै यहाँ बसोबास भएको पाईन्छ । तसर्थ विजयपुर क्षेत्रको अस्तित्वलाई बचाउने दायित्व किराती र हिन्दु दुबैको रहेको छ ।

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.