• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोशी प्रदेशसभा विघटन हुने प्रधानमन्त्रीको संकेतपछि राजीनामा दिन तयार भएका थिए गौतम


  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
  • कोशी प्रदेशसभा छिटै विघटन हुने प्रधानमन्त्रीले संकेत गरेपछि मात्रै त्यहाँका सभामुख बाबुराम गौतम राजीनामा दिन तयार भएका थिए।

    Advertisement

    प्रदेशसभाको आयु सकिन लागेको र आफू सभामुखको रुपमा लामो समय बहाल रहन नसक्ने संकेत पाएपछि गौतमले प्रधानमन्त्रीकै आश्वासनअनुसार मन्त्री बन्ने शर्तमा राजीनामा दिएका थिए।

    स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको सोही आश्वासनअनुसार गौतम आज बुधबार मन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्रीले उनलाई प्रदेशसभाले पूरा कार्यकाल काम गर्ने सम्भावना कम रहेको बताएका थिए।

    प्रदेशसभा पूरै कार्यकार रहिरहे पनि त्यो अवधिसम्म गौतम सांसद र मन्त्री भइरहने र यदि विघटन नै हुने अवस्था आएमा सभामुख पदमा रहिरहनुको औचित्य नरहने भनेर प्रधानमन्त्रीले सम्झाएपछि उनले राजीनामा दिएको उनीनिकट स्रोतले बताएको छ।

    सभामुखले राजीनामा दिएर कोशीमा कांग्रेस, माओवादीसहितको गठबन्धनले सरकार बनाएको छ। कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका छन्। तर, उनको सरकारले विश्वासको मत पाउन पनि कठिन हुन सक्छ।

    एमालेले विश्वासको मत लिने दिन चलाखी गरिदियो भने थापाले विश्वासको मत पाउन सक्दैनन् । र, राजनीतिमा यत्तिको खेल हुनु सामान्य भएकोले एमालेले उक्त दिन चलाखी गरिदिने सम्भावना उच्च छ।

    अहिले कोशी प्रदेशसभामा सभामुख छैनन्। उपसभामुख एमालेबाट निर्वाचित सिर्जना दनुवार छिन्। विश्वासको मत लिने दिन उपसभामुख दनुवार अनुपस्थित भइदिने त्यो बैठकको अध्यक्षता प्रदेश सभाको ४ सदस्यीय अध्यक्ष मण्डलको कुनै एक सदस्यले गर्नुपर्नेछ। त्यो सदस्य वर्णानुक्रमअनुसार वा ज्येष्ठताका आधारमा छानिनेछ।

    अध्यक्ष मण्डलमा कांग्रेसका सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने दिन राप्रपाका विष्ट र एमालेकी लिम्बू अनुपस्थित भइदिने कांग्रेसका मन्सुरी वा माओवादीकी तिम्सिनाले बैठकको अध्यक्षता गर्नुपर्नेछ।

    अध्यक्षता गर्ने सांसद सभामुखको हैसियतमा हुने भएकोले विश्वासको मत दिन पाउँदैनन् र आफ्नो गठबन्धनबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्दैनन्।

    यस्तो अवस्थामा अन्ततः संविधानको धारा १६८ (२) अनुसार बनेका मुख्यमन्त्री पदमुक्त हुन्छन्। यसपछि क्रमशः उपधारा ३, उपधारा ५ हुँदै प्रदेशसभा विघटनको दिशामा जान्छ। प्रधानमन्त्रीले पनि विपक्षी दलबाट यस्तो चलखेल हुन सक्ने बुझेरै गौतमलाई प्रदेशसभाको आयु लामो नभएको कुरामा आश्वस्त पारेको स्रोत बताउँछ।

    अर्कोतर्फ उदयपुरबाट माओवादीको तर्फबाट निर्वाचित प्रदेशसभा सांसद नारायण बुर्जाले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति जनाउँदै आवश्यक परे प्रदेशसभा सदस्यबाट समेत राजीनामा दिन सक्ने बताइसकेका छन्।

    उनले यो कुरा प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गरेको पर्सीपल्ट लेखेका थिए। उनको विमति कुन कुरामा हो भन्ने स्पष्ट बताएका छैनन् तर उनले यो कुरा भन्ने बेला अहिलेको सरकार गठनको लागि प्रयास सुरु भइसकेको हुनाले उनको विमति कायमै रहेको पनि हुन सक्छ।

    यदि बुर्जाले सांसद पदबाटै राजीनामा दिए भने कूल सदस्य संख्या ९२ हुन्छ र दुवै गठबन्धनसँग ४६ सांसद हुन्छन्। यस्तो अवस्थामा झन् दुवै पक्षले बहुमत गुमाउँछन् र अहिलेका गठबन्धन नतोडिएसम्म नयाँ सरकार गठन हुने सम्भावना रहँदैन। यस्तोमा अन्ततः संवैधानिक प्रक्रिया पूरा गर्दै प्रदेशसभा विघटनकै बाटोमा जानेछ।

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.