• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माओवादीका अधिकांश केन्द्रीय सदस्यले बोल्नै पाएनन्, पाएकाहरूको समय कम भएको गुनासो


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि सुरु भएर आइतबार सकिएको केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले बोल्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

    Advertisement

    बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समितिको बैठक आइतबार सकिँदै छ। केन्द्रीय सदस्यले धारणा राखेर नसकिँदै बैठकको समापन गर्न लागिएको हो।

    बैठकमा सम्पूर्ण केन्द्रीय सदस्यहरुले आफ्नो धारणा व्यक्त गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्न थालेका छन्। पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न पाँच मिनेट समय निर्धारण गरिएको थियो।

    ३८५ केन्द्रीय सदस्यसहित १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, पार्टीका विभिन्न आयोगका प्रमुख, ३२ विभाग र १९ जनवर्गीय संगठनका प्रमुखको उपस्थिति रहेको बैठकमा २०० जनाले मात्रै आफ्नो धारणा व्यक्त गरेका थिए।

    माओवादीका केन्द्रीय सदस्य कुमार बोगटीले बैठकमा उपस्थित ४०० जनालार्ई बोल्न समय उपलब्ध नगराएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।

    उनले लेखेका छन्, ‘पार्टीको केन्द्रीय समिति बैठकमा ६०० जनाको उपस्थिति छ। बैठकमा जनवादको उच्च प्रयोग त भयो। तर बढीमा २०० जनाको लागि मात्रै बाँकी उपस्थित ४०० जना हामी हेरेको हेर्‍यै भयौं।’

    माओवादीको बैठकमा उपस्थित ६०० जनामध्ये २०० जनाले मात्रै धारणा राखेको र तीमध्ये अधिकांश प्रदेश पदाधिकारी रहेकोे बोगटीले डिसी नेपाललाई जानकारी दिए।

    उनले पार्टीका बारेमा रचनात्मक सुझाबसहित केही राजनीतिक विषयमा आफ्ना धारणा व्यक्त गर्ने मनशाय हुँदाहुँदै पनि बोल्न समय नपाएको गुनासो गरे।

    उनले भने, ‘पार्टीको संगठनात्मक सुधारका लागि कतिपय विषय उठान गर्ने जमर्को गरेको थिएँ। तर समय नै उपलब्ध गराइएन।’

    नेता बोगटीले अधिकांश प्रदेशका पदाधिकारीलाई समय उपलब्ध गराइएको बताउँदै केन्द्रीय सदस्यलाई बेवास्ता गरिएको आरोप लगाए। ६०० जनाको उपस्थितिमा २०० जनालाई मात्रै बोल्न दिएर बाँकी ४०० जनामाथि अन्याय गरिएको उनको भनाइ छ।

    माओवादीको केन्द्रीय समितको बैठकमा केन्द्रीय सदस्यलाई पाँच मिनेट समय निर्धारण गरिएकोमा समेत केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन्। विरलै बस्ने बैठकमा आफ्नो धारणा व्यक्त गर्न निर्धारण गरिएको पाँच मिनेटको समय पर्याप्त नभएको भन्दै केही केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेको माओवादी स्रोत बताउँछ।

    आइतबार सकिन लागेको केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समितिमा केही सदस्य थप गरेको छ। ३८५ जना केन्द्रीय सदस्य रहेको माओवादीले २२ जना थप गरेको हो। यस्तै वैकल्पिक केन्द्रयि सदस्यमा पनि ६९ जनालाई थप गरिएको बताइएको छ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.