चितवनमा चाउमिन बोकेको गाडी माथी आक्रमण ।
भरतपुर । भरतपुर वडा न ४ , संविधान चोक नजिक केही युवा मिलेर चाउमिन बोकेको गाडी माथी आक्रमण गरेका छन्। बेलुकी ६ बजे तिर धर्मचोक देखि कावासोती जाँदै गरेको लु २ च २३०५ नम्बरको बलेरो गाडीलाई ७-८ जना को समुहले रोकि आक्रमण गरेको घाइतेको बिष्णु लमिछानेले जानकारी दिए ।
उक्त गाडीमा टेन स्टार फूड्स द्वारा उत्पादित चाउमिन रहेको थियो । स्थानीय चाउमिन ब्यवसायीले उक्त कम्पनीले चितवनमा बिक्रि बितरण गरेकोमा आक्रमण गरिएको लामिछानेले बताए ।
घटना स्थलमा हुनु भएकालेे प्रहरीले उक्त चाउमिनहरुमा मिति स्पष्ट लेखिएको र खान योग्य रहेको बताउनु भयो।


चितवनमा रहेका स्थनिय चाउमिन ब्यवसायीले ठुलो कम्पनीसंग प्रतिस्पर्धा गर्न नसकिने भएकालेे उक्त कम्पनीको उत्पादन समेत रोक लगाउनु पर्नेमा जोड दिएका छन् ।
स्थानीय होटेल सान्चलकले भने गुणस्तरीय चाउमीन कम मुल्यमा नै पाउँदा खुसी ब्यक्त गरेका छ्न् ।
टेन स्टार फूड्सका संचालक प्रेम प्रसाद पाण्डेले अत्यधुनिक मेसिनबाट , खाद्य बिभाग बाट अनुमतिपत्र प्राप्त गुणस्तरीय चाउमिन उचित मूल्यमा नेपाल भरिनै बिक्री बितरण भएको जनाउनु भयो ।
नेपालले खुल्ला बजार नीति अवलम्बन गरेको अवस्थामा आफ्नो भन्दा सस्तोमा अरुले बिक्री गर्यो भनी अरुको धनजनमा क्षति गर्नु उचित भने पक्कै होइन ।
