• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए ।

    Advertisement

    बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको हो । उपभोक्तालाई चाँडो पानी खुवाउने उद्देश्यले बाढीले क्षति गरेर पुनःनिर्माण थालिएको आयोजनाको कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलसहित डिभिजन प्रमुख देवनाथ सिंहले स्थलगत अनुगमन गर्नुभएको छ ।

    बाढीले पूर्णरूपमा क्षति भएको आयोजनाको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले पुनःनिर्माण गरेर सञ्चालनको तयारी थालेको छ । यसलाई मर्मत गरेर दसैँअघिसम्म स्थानीयलाई पानी खुवाउने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । अहिले यो आयोजना कार्यालयको रु ४० लाख लागतमा मर्मत भइरहेको उहाँको भनाइ छ । “बाढीले क्षतिग्रस्त भएको आयोजनाको मर्मत गरेर स्थानीयलाई पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, प्रमुख सिंहले भन्नुभयो, “यहाँका स्थानीयलाई दसैँअघि नै पानी खुवाउने हाम्रो योजना छ । सोहीअनुसार कामलाई अघि बढाएका छौँ ।”

    स्थलगत अनुगमन गर्दै मन्त्रालयका सचिव झाले बाढीले निकै ठूलो क्षति पुर्याएको बताउनुभयो । तत्काललाई योजना सञ्चालन गरेर स्थानीयलाई पानी खुवाउने गरी काम थालिएको उहाँको भनाइ छ । “हाम्रो मन्त्रालयको समूहले यहाँको स्थलगत अनुगमन गरेका छौँ”, सचिव झाले भन्नुभयो, “बाढीले यहाँ निकै ठूलो क्षति पुर्याएको देखियो । यसलाई तत्काल मर्मत गरेर पानीको समस्या समाधानका लागि काम भइरहेको छ । आयोजनालाई थप व्यावस्थापन गर्न आगामी वर्षको बजेटमा समेट्ने सोच बनाएका छौँ ।”

    आयोजनास्थलसँगै यहाँको संरचना बाढीले पुरेका कारण अहिले त्यसलाई खोतलेर आवश्यक मर्मतको काम भइरहेको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजनास्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटरपम्प, ट्रान्सफर्मर, तीनवटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पाइप लाइन, पालेघरलगायत पुरेको थियो । अहिले त्यसलाई डोजरको सहायताले बालुवा पन्छाएर निकालिएको निर्माण उपभोक्ता समितिका सदस्य गणेश जिमीले बताउनुभयो । आयोजना मर्मतको काम सुरु भएकाले स्थानीयमा पानी आउने आशा जागेको उहाँको भनाइ छ ।

    इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायत ठाउँमा मन्त्रालयअन्तर्गत सञ्चालन भएका योजनासँगै यो आयोजनाको पनि स्थलगत अनुगमन गरिएको हो । पुनःनिर्र्माण भइरहेको आयोजनाको अनुगमन गर्दै मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावलीले तत्काल स्थानीयलाई पानीको समस्या समाधान गर्न तीव्ररूपमा काम भइरहेको बताउनुभयो । आयोजनाको सम्फवेल (पानी तान्ने ठाउँ) फेरि पनि बाढीको जोखिममा रहेकाले त्यसलाई क्षति हुनबाट बचाउन विकल्पसँगै थप सुरक्षाका लागि काम गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

    मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका कार्यालयमा कर्मचारी अभावका कारण कामकाज सञ्चालनमा केही समस्या रहेको प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलले बताउनुभयो । कतिपय जिल्लामा कामलाई तीव्रगतिमा अघि बढाउन जनशक्ति अभावमा समस्या रहेको उहाँको भनाइ छ । रिक्त रहेका पदमा आवश्यक दरबन्दी माग गरेर लोकसेवा आयोगमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    “सञ्चालित योजनालाई तीव्ररूपमा अघि बढाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “तर यहाँका अधिकांश कार्यालयमा दरबन्दी खाली छ । कार्यसञ्चालनमा समस्या उत्पन्न भएको छ । विषेश गरेर पहाडका जिल्लामा यो समस्या बढी रहेको पाइयो । हामीले लोकसेवा आयोगमा माग गरेर पठाएका छौँ । त्यहाँबाट कर्मचारी नआउँदासम्म आन्तरिकरूपमा व्यावस्थापन गरेर काम गर्नुपर्ने अवस्था छ ।” आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो । कुल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.