मङ्गलबार सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्चविन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपियाँ घटेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपियाँले घटेको छ । मङ्गलबार चाँदी प्रतितोला १५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ५४५ रुपियाँमा कारोबार भएको थियो ।
