• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

स्वास्थ्य स्वयंसेविका सम्मानित


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • नेपालगन्ज उपमहानगरपालिकाभित्र स्वास्थ्य सेवासम्बन्धी जनचेतना फैलाउन तथा मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन मुख्य भूमिका रहेको जनाउँदै २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।

    Advertisement

    २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले मङ्गलवार यहाँ आयोजना गरेको कार्यक्रममा २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुका साथै ६० वर्ष उमेर पुगेका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको हो ।

    नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले संयुक्त रुपमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

    सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा आरती पाठक, हेमादेवी नाउ, कुल्सुम राई, कोपिला थापा, सरस्वती सिंह, चन्दा कहार, साहजहाँ कबडिया, रुबि खाँ, सरस्वती प्रजापति, गुड्डी लोनिया, लोचना डिसी, शिर्षा बर्मा, सकुनकुमारी कार्की थापा, मीना चौधरी, बास्पति यादव, मिनु शाही, बिना चन्द, लक्ष्मी थापा, हाश्मी हलवाई, निर्मला साहु, रुपा श्रेष्ठ, चन्द्रकला गुरुङ र मुन्नि कौलिक रहनुभएको छ । सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य चेतना लगायत खोप र अन्य अभियानमा ठुलो योगदान दिँदै आए पनि राज्यले सेवासुविधामा निकै उपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो हैसियत अनुसार स्वयंसेविकालाई उचित सेवा सुविधा दिने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा नेपालगन्ज उपमहानगरका प्रमुख कार्यकारी अधिकृत ओम खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेल, नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, उमेर हदका कारण बिदा हुनुभएका स्वयंसेविका तुलसा थापालगायतले महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको चर्चा गर्नुभयो ।

    नेपालगन्ज उपमहानगरमा हाल १६६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेकोमा १० जना बिदा भएको जनाउँदै स्वयंसेविकाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग महिला स्वास्थ्य स्वयंसेविका सङ्घ नेपालगन्ज उपमहानगरका अध्यक्ष ज्योती श्रेष्ठले गर्नुभयो ।

    २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा यसअघि मङ्गलवार विहान स्वयंसेविकाहरुले प्रभातफेरीको आयोजना पनि गरेका थिए ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.