• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

हरेक बिहान जिरा पानी पिउनुका यस्ता छन् फाइदा


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • बिहान उठ्ने बित्तिकै हामी पानी पिउँछौँ । स्वास्थ्य लाभका लागि कोही सादा पानी पिउँछन् त कोही फलफूल वा तरकारीको जुस पिउँछन् । कोही कोही औषधीय गुणले भरिएका दाना भिजाइएर तयार पारिएको पानी पनि सेवन गर्छन् । हरेकको आ–आफ्नै स्वास्थ्य लाभ छन् । एउटा चर्चित पेय चाहिँ जिरा पानी पनि हो ।

    Advertisement

    रातभर जिरालाई पानीमा भिजाएर बन्ने पानी नै जिरा पानी हो । यो पानीले पाचनलाई त राम्रो बनाउँछ नै तौल घटाउन पनि त्यत्तिकै उपयोगी छ । जिरामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मेटाबोलिजम बढाउन मद्दत गर्छ, पाचन सुधार्छ अनि पेट डुम्म फुल्ने समस्या पनि कम गर्छ । हरेक बिहान जिरा पानीको सेवन दिनको सुरुआत गर्ने राम्रो तरिका हो । आजको यस लेखमा हामीहरू जिरा पानी पिउँदाको फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

    पाचनमा सुधार:
    जिरामा पाचनका लागि अत्यावश्यक इन्जाइम स्टिमुलेट गर्ने यौगिक हुन्छ । बिहान जिरा पानी सेवन गर्दा पाचन राम्रो हुन्छ अनि अपच हुने, पेट फुल्ने र कब्जियत लगायत समस्याहरू रोक्न सकिन्छ ।

    मेटाबोलिजम बढाउँछ:
    जिराको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले मेटाबोलिजम बढाउँछ । दिनहुँ जिरा पानीको सेवनले क्यालोरी बर्न गर्न सघाउँछ अनि तौल व्यवस्थापनमा पनि सहयोग मिल्छ ।

    पेट फुल्ने समस्या हटाउँछ:
    जिरा पानीमा पेटमा ग्यास जम्मा हुने अनि पेट फुल्ने समस्या कम गर्ने कार्मिनेटिभ तत्त्वहरू हुन्छ । यसले पाचन इन्जाइमको उत्पादन बढाएर ग्यास्ट्रोइन्टेष्टाइनल ट्र्याक्टमा ग्यास बन्न दिँदैन ।

    तौल घटाउन सहयोगी:
    जिरा पानीमा मेटाबोलिजम बढाउने तत्त्वहरू हुन्छ । एका बिहानै जिरा पानीको सेवनले मेटाबोलिजम बढाउँछ, दिनभर नै प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न सघाउँछ । जिरा पानीले भोक कम गराउँछ, लामो समयसम्म पेट भरिएको महसुस गराउँछ अनि के खाउँ के खाउँ हुन दिँदैन अनि तौल घटाउन मद्दत गर्छ ।

    डिटक्सिफिकेसन
    जिरा पानी प्राकृतिक डिटक्सीफायर हो । यसले शरीरमा भएका टक्सिनहरूलाई शरीरबाट निकाल्ने मद्दत गर्छ । यसले कलेजोलाई बाइल उत्पादन गर्न प्रेरित गर्छ । यसले फ्याटहरू टुक्राउन र शरीरबाट फोहोर निकाल्न मद्दत गर्छ ।

    प्रतिरक्षामा सुधार:
    जिराको दानाहरूमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल तत्त्वहरू पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । जिरा पानीको दिनहुँ सेवनले सङ्क्रमण, चिसो र अन्य बिरामीविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

    रगतमा चिनीको मात्रा नियमन गर्छ:
    जिराले इन्सुलिन संवेदनशीलता र ग्लुकोजको अवशोषणलाई सुधारेर रगतमा चिनीको मात्रा नियमन गर्न मद्दत गर्छ । बिहान जिरा पानीको सेवन गर्दा दिनभर नै शरीरमा चिनीको मात्रा स्थिर राख्न मद्दत मिल्छ ।-एजेन्सी

    बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.