• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

खाना र क्यान्सरबीचको सम्बन्ध


  •   बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
  • पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो शारीरिक परिश्रमको निकै अभाव छ । मोटोपनासँगै नसर्ने रोग लाग्ने क्रममा क्यान्सर हुन सक्ने जोखिम पनि बढ्छ ।

    Advertisement

    खानपान शैलीमा रेस्टुराँ, होटलमा खान जाने, विवाह, सामाजिक विधि व्यवहारका भोज अधिकतर पार्टी प्यालेसमा हुन थालेका छन् । त्यहाँ स्वास्थ्यका दृष्टिले हुन सक्ने वा भइरहेका गलत अभ्यास छन् । जस्तै तारन्तार उही तेल प्रयोग, खान स्वादिलो बनाउन अजिनोमोटो प्रयोग, घिउ, तेल, नुन मसलालाई अधिक तापक्रममा तताउने, अधिक नुन एवं चिल्लो पदार्थ प्रयोग गरिनु । अर्कोतर्फ अधिकतर ग्राहक वा खानपानका सौखिनको चाहना पनि रातो मासु, चिल्लो, पिरो परेको खाना नै हो ।

    भुटुवा, रोस्ट वा सेकुवालगायत मासुका परिकार तयार गर्ने क्रममा अत्यधिक तापले मासुमा रहेको प्रोटिन रसायन नाइट्राइट्सबाट हानिकारक नाइट्रोसेमाइनमा परिणत हुन्छ । यसबाट पेटको क्यान्सर हुन सक्छ । वनस्पति घिउमा वा धेरैबेर र धेरै पल्ट तताएको तेलमा पकाएका खानेकुरामा ट्रान्सफ्याट (अति खराब चिल्लो) हुन्छ । त्यसमाथि १२० डिग्रीभन्दा बढी तापक्रममा धेरै समय तताएको तेलमा क्यान्सर गराउन सक्ने रसायन पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन र एल्डिहाइड बन्न जान्छ । मासु मात्र नभई अधिक तापमा तारेर वा भुटेर पकाइने आलु चिप्स, फ्राइड मम, फ्राइड राइसको हकमा पनि यो कुरा लागू हुन्छ ।

    त्यसो त प्रशोधित खानामा अधिकतर बोसो नै मिसाइएको हुन्छ । स्वास्थ्यका दृष्टिकोणले चिल्लो पदार्थमध्येको ट्रान्सफ्याट सबैभन्दा हानिकारक हुन्छ । जसका कारण स्तन क्यान्सरलगायत कैयौँ नसर्ने खालका स्वास्थ्य समस्या देखा पर्छन् । पिज्जासँगै हल्का पेय पदार्थ पनि पिउने गरेमा मोटोपनाको जोखिम बढ्न जान्छ । यसले गर्दा महिलामा स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सरको सम्भावना हुन्छ ।

    राँगा, भेडा, खसी, बङ्गुरको मासु रातो मासु वर्गमा पर्दछ । रातो मासु स्वास्थ्यको दृष्टिले हानिकारक छ । रातो मासुमा बढी पाइने फलाम तत्वले हानिकारक किसिमको अक्सिजन बन्न जान्छ । लामो समयसम्म कोषिकामा अक्सिजनको अभाव भएपछि अनियन्त्रित तवरमा कोष वृद्धि भई क्यान्सरमा विकास हुन्छ । यसरी रातो मासुसँगै बोसोयुक्त खानेकुराले छाती र मुटुको क्यान्सरको जोखिम बढाउँछ । रातो मासुभन्दा किमा, ससेज जस्ता परिवर्तित मासुले बढ्ता हानि पु¥याउँछ ।

    मद्यपानसँगै चुरोट, हुक्का सेवन र सितनका रूपमा उही चिल्लो, बोसोयुक्त खानाको परिकार वा चिप्स, भुजिया खाएमा समग्रमा विभिन्न क्यान्सर लाग्ने जोखिम बढ्न जान्छ । मदिरा वा लागूपदार्थले

    लट्ठ परेको बखत असुरक्षित यौन सम्पर्क, असुरक्षित सुई साटासाट अनि सरसफाइको अभावमा सङ्क्रामक रोगसँगै पाचन प्रणाली र जननेन्द्रीयको क्यान्सरको जोखिम बढ्छ ।

    विश्वमा हरेक छमध्ये एउटा क्यान्सरको कारक तत्व सङ्क्रमण नै हो । त्यसमध्ये पनि एचपिभी, हेलिकोब्याक्टर पाइलोरी, हेपाटाइटिस बी एवं सी भाइरस गरी चार प्रकारका सङ्क्रमण बढी जिम्मेवार छन् । यी सङ्क्रमणले पाठेघरको मुख, आन्द्रा, आमाशय, कलेजोको क्यान्सरको जोखिम बढाउँछन् ।

    आगोमा कालो हुने गरेर पोलेको मकैमा कार्बनयुक्त तत्व हुन्छन् । पटक पटक दूध उमाल्दा पिँधमा जमेको डढेको दूध वा कुराउनी पनि कार्बनमा परिणत हुन्छ । चुलोबाट निकालेको दुई मिनेटभित्र तात्तातो चिया पिउने व्यक्तिमा घाँटीको तथा खाद्य नलीको क्यान्सर हुने जोखिम पाँच गुणाले बढ्छ । बासी र सडेगलेका खानेकुरामा ढुसी हुन्छ । यस्ता खानेकुरा खाएमा पेटको क्यान्सर हुन सक्छ । बासी खाना वा ढुसी परेका खानाले कलेजो र आमाशयको क्यान्सरको जोखिम बढ्छ ।

    चाउचाउ वा अन्य स्वादिला जङ्क फुडमा अजिनोमोटो तथा दालमोठ कुरकुरे, चिप्स जस्ता अधिक नुनिलो खानेकुरा, बन्द (बट्टामा प्याक) गरिएका र मिठाईका परिकारमा मिसाइएको अखाद्य रङले पाचन नलीको क्यान्सर निम्त्याउने खतरा रहन्छ । खाना पकाउने, तयार पार्ने तथा लामो समय भण्डारण गर्ने अस्वस्थ विधिले स्वस्थ खाद्यवस्तुलाई पनि क्यान्सर गराउने बनाइदिन्छ । आँप तथा फलफूल पकाउन प्रयोग गरिने कार्बाइड तथा माछालाई लामो समय सड्न नदिन प्रयोग गरिने फर्मालिनका कारण छाला तथा पाचन प्रणालीको जोखिम हुन्छ ।

    रोकथाम र नियन्त्रण

    यसो हेर्दा केही पनि खानु नै भएन, पिउनु नै भएन जस्तो लाग्छ तर कुरा त्यस्तो होइन । खानेकुराको छनोट र पकाउने तरिकामा अलिकति होसियारी अपनाए धेरैजसो खाना फाइदाजनक बन्न जान्छन् । उमालेको वा उसिनेको खानेकुरा खानु राम्रो एवं स्वस्थकर हुन्छ । बट्टा वा सिसीको जुस पिउनुभन्दा नियमित रूपमा ताजा फलफूल नै फाइदाजनक हुन्छ । नुन बढी भएको, अधिक बोसोयुक्त, बट्टामा प्याक गरिएका खाद्य सामग्री नखानु नै वेश ।

    शाकाहारीलाई क्यान्सर लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ । त्यसैले भोजमा वा घरमै पनि गाँजर, मूला, हरियो सागपात, रेशादार तरकारी तथा फलफूल नियमित रूपमा खाँदा क्यान्सरको जोखिम घट्न जान्छ । किनकि ताजा फलफूल तथा सागपातमा एन्टिअक्सिडेन्ट पाइन्छ । खानामा हरिया सागपात तथा फलफूल भएमा ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सरबाट बच्न सकिन्छ ।

    पहेँलो खालका फलफूल, तरकारी, बोक्रासहितको आलु, गहुँ, चना, मकै स्वास्थ्यलाई राम्रो हुन्छ । चोकरसहितको गहुँ, मकै, फापरको पिठोबाट बनाइएका परिकार, रोटी तथा रायो, चम्सुर, पालुङ्गो, बेथे, तोरी, मेथीलगायतका रेशादार खाना स्वस्थकर मानिएको छ । सूर्यमुखी, मकै, भटमास, बदामको तेल बढी फाइदाजनक हुन्छ । उमेर पुगिसकेका मानिसले मल्टिभिटामिनका साथै बिटा केरोटिन, जिङ्क, सेलेनियमयुक्त खाना खानु राम्रो हुन्छ । त्यसैले सुन्तला, काउली, ब्रोकाउली, केरा, सागपात, गाँजर खाएमा क्यान्सरबाट जोगिन मद्दत पुग्छ ।

    माछा, सेतो मासु, पन्छीको मासु, कुखुराको मासु खानु राम्रो हुन्छ । त्यो पनि एकदिनमा बढीमा सय ग्राम मात्र । तुलनात्मक रूपमा रातो मासु कम खाने गरेमा क्यान्सरले पुरुष र महिलाको मृत्युदरमा क्रमशः ११ र १९ प्रतिशतले कमी आउने रहेछ । त्यसैगरी परिवर्तित मासु खाने पुरुषको मृत्युको जोखिम १६ प्रतिशत र महिलाको मृत्युको जोखिम २५ प्रतिशत कम हुन्छ । त्यसो भएर मासु नै खानु हुन्न भन्ने होइन तर रातो मासु र परिवर्तित मासु कम खानु बुद्धिमानी हुन्छ ।

    बढ्ता प्रशोधित नगरिएका खानेकुरा स्वस्थकर नै हुन्छन् । खानाकै कारण क्यान्सर हुने मात्र होइन छनोट गरेर तथा मिलाएर खान जानेको खण्डमा खानामा पाइने तत्वले क्यान्सरबाट बचाउँछ पनि । यसरी खाना र क्यान्सरबीच घनिष्ठ सम्बन्ध छ । के, कसरी र कति बेला खाने भन्ने पनि उत्तिकै महìवपूर्ण छ । पानी बढी पिउनाले शरीरमा रहेका हानिकारक तत्व पिसाबबाट सजिलै बाहिरिने भएकाले क्यान्सरको जोखिम कम हुन्छ । सुर्ती, चुरोट तथा मद्यपान सेवन गर्नु हुँदैन ।

    विकासोन्मुख तथा विकासशील देशमा सङ्क्रामक रोग व्याप्त हुँदै गएकाले रोकथाम गर्न सकिने खालका सङ्क्रमणलाई बेलैमा ठेगान लगाउनु पर्दछ । क्यान्सर तुलनात्मक रूपमा उपचार गर्न सकिने भए पनि यसबाट प्रभावित व्यक्तिले मात्र नभई परिवारले पनि दुःख, कष्ट भोग्नुपर्ने हुन्छ ।

    यसैले खाना खाने बानीमा ध्यान दिई रोकथामतिर लाग्नु नै बुद्धिमानी हुन्छ । हाडजोर्नी सुन्निने समस्या (आर्थाइटिस), मुटुको समस्यालगायत धेरै थरीका समस्यामा प्रयोग गरिने एस्पिरिनको सेवनले घाँटीको क्यान्सरका साथै खाद्यनली अन्तर्गत ब्यारेट्स इसोफागसको क्यान्सरको खतरा कम गर्न मद्दत गर्दछ । बाह्य औषधि वा खानाको माध्यमबाट पाएको भिटामिन ईले एन्टिअक्सिेडेन्टका रूपमा काम गरी डिएनएमा हुने क्षति रोकी क्यान्सर हुनबाट जोगाउँछ । त्यसैगरी ब्रोकाउलीमा पाइने सल्फोराफेन (शक्तिशाली फाइटोकेमिकल) तìवले स्तन क्यान्सर फैलिन दिँदैन ।

    सारांश

    क्यान्सर हुन सक्ने यति धेरै प्रतिकूल वातावरणमा रहेको भए पनि हाम्रो अहोभाग्य भन्नुपर्दछ हाम्रो खानापानमा बेसार, जिरा, मरिच, टिमुर, जाइफल, दालचिनी जस्ता मसलाका साथै लसुन, धनियाँ, अदुवा पनि हुन्छ । यिनले समेत क्यान्सर हुनबाट धेरै जोगाएका छन् । नियमित रूपमा काँचो लसुन खाने गरेमा फोक्सोको क्यान्सर हुने जोखिम आधा कम हुन्छ । त्यसैगरी आन्द्राको ट्युमर पनि एक तिहाइले कम हुने देखिएको छ । बेसारमा पाइने करक्युमिन विषाणुविरोधी हुनुका साथै यसले एचपिभी (पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक विषाणु)सँग लड्न सक्ने क्षमता बढाउँछ । यी त केही उदाहरण मात्र हुन् । हाम्रा मसला सबैमा औषधीय गुण रहेको छ ।

    बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.