काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३१ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला ४७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
