• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ३. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ६. ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

  • ७. आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

  • ८. भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

  • ९. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • १०. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सार्वजनिक स्थानमा ३ महिनाभित्र डस्टबिन राख्नुपर्ने प्रस्ताव


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले सार्वजनिक स्थानमा फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सडक, उद्यान, पार्क, प्रदर्शनीस्थल तथा सार्वजनिक यातायातका क्षेत्रमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

    Advertisement

    प्रतिनिधिसभामा दर्ता भएको फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा फोहोर उत्पादन गर्ने व्यक्ति, समूह, संस्था वा निकायले आफूले उत्पादन गरेको फोहोरको व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

    विधेयकअनुसार स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र फोहोरमैला संकलनको व्यवस्था मिलाउनुपर्नेछ। फोहोर संकलन तथा त्यससँग सम्बन्धित अन्य प्रक्रिया भने सम्बन्धित स्थानीय तहले तोकेअनुसार सञ्चालन हुने प्रस्ताव गरिएको छ।

    विधेयकको दफा १३ मा स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशित गरी तोकेका सार्वजनिक सडक, उद्यान, पार्क, प्रदर्शनीस्थल, सार्वजनिक यातायात तथा सवारीसाधन बिसौनीस्थललगायत स्थानमा आवश्यकताअनुसार ढकनसहितका डस्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ।

    यस्ता डस्टबिनमा कुहिने, नकुहिने र जोखिमयुक्त फोहोर छुट्टाछुट्टै संकलन गर्न मिल्ने व्यवस्था हुनुपर्नेछ। विधेयक लागू हुँदाका बखत त्यस्ता स्थानमा डस्टबिन नभए लागू भएको मितिले तीन महिनाभित्र राखिसक्नुपर्ने प्रस्ताव गरिएको छ।

    सार्वजनिक स्थानमा आवतजावत वा भ्रमण गर्ने व्यक्तिले समेत आफूले उत्पादन गरेको फोहोर नजिकै रहेको डस्टबिनमा राख्नुपर्ने व्यवस्था विधेयकमा समेटिएको छ।

    यस्तो प्रावधानसहितको विधेयक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गरेका हुन्।

    मन्त्री लम्सालका अनुसार फोहोर उत्पादनदेखि संकलन, विसर्जन र समग्र व्यवस्थापनसम्म संघ, प्रदेश तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्न विधेयक ल्याइएको हो।

    तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै फोहोरको उचित व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण निर्माण गर्नु विधेयकको उद्देश्य रहेको उनले बताएका छन्।

    विधेयकमा मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने र फोहोरलाई पुनः प्रशोधन गरी स्रोतका रूपमा उपयोग गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

    यसबाट फोहोरमैला व्यवस्थापनलाई चक्रीय अर्थतन्त्रको अवधारणासँग जोड्ने सरकारको लक्ष्य देखिन्छ।

    नेपालको संविधानले पनि स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ।

    वातावरणीय प्रदूषण वा ह्रासबाट क्षति पुगेमा पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने अधिकार संविधानमा व्यवस्था गरिएको छ।

    त्यस्तै, प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकसमेत संविधानले सुनिश्चित गरेको छ।

    खानेपानी तथा सरसफाइलाई संघ र प्रदेशको साझा अधिकार, आधारभूत स्वास्थ्य तथा सरसफाइलाई स्थानीय तहको अधिकार र वातावरण तथा पर्यावरणसम्बन्धी विषयलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारअन्तर्गत राखिएको छ।

    विधेयक पारित भएमा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा संघीय एकाइबीच सहलगानी गर्न, सार्वजनिक–निजी साझेदारी अघि बढाउन तथा विकास सहायता परिचालन गर्न सकिने सरकारको अपेक्षा छ।

    यसले फोहोर व्यवस्थापनलाई स्थानीय तहको नियमित सेवाबाट माथि उठाएर तीनै तहको समन्वयमा सञ्चालन गर्ने कानुनी आधारसमेत तयार गर्नेछ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य
    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ३.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ६.
      ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका

    भर्खरै

    • १.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    • २.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • ३.
      सुनचाँदीको मूल्य घट्यो

    • ४.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ५.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ६.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ७.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ८.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.