काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
