काठमाडौं । काठमाडौंमा ८० लाख रुपैयाँ ठगीसम्बन्धी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका–५ बस्दै आएका ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् ।
बिडारीलाई २०८३ असोज १४ गते काठमाडौं महानगरपालिका–१०, बानेश्वरबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
