• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कर्मचारीमाथि राजनीतिक दाउपेच: माडीका नयाँ अधिकृतलाई रोक्न नगरप्रमुख ढकाल सक्रिय


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • चितवन, 

    Advertisement

    माडी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीबाट हटेका अधिकृत पुष्पराज ढकालले मन्त्रालयको निर्देशन अवज्ञा गरेका छन् ।

    निमित्त बनेका उनले प्रमुख प्रशासकिय अधिकृतको हैसियतमा विभिन्न गतिविधि र विज्ञप्ती निकाल्ने गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ७ गते पत्र लेख्दै उनको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरिएको जनाएको छ । तर, उनले आज वैशाख ९ गतेको एक सूचनामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हस्ताक्षर गरेका छन् । नारायणी अनलाइनसँग कुरा गर्दै उनले मन्त्रालयको पत्र आफूलाई प्राप्त नभएको बताए । उनले भने, ‘मैले पत्र पाएको छैन, मेरो इमेलमा पनि आएको छैन ।’ उनले पत्र प्राप्त नहुदासम्म र नयाँ प्रमुखले जिम्मेवारी नलिदासम्म आफू प्रमुख प्रशासकीय भएको जीकिर गरे ।

    माडी नगरपालिकामा सरुवा भएका नयाँ प्रशासकीय अधिकृत अर्जुन गौतमलाई आउन नदिन नगरप्रमुख ठाकुर ढकाल स्वयम् सक्रिय छन । उनी राजनीतिक स्वार्थअनुसार अहिले काम गरिरहेका पुष्पराज ढकाललाई नै प्रमुख प्रशासकीय अधिकृतमा निरन्तरता दिन चाहन्छन् । पुष्पराज ढकाल यसअघि माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख थिए । उनलाई ६ महिना अघि मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माडी नगरपालिकालाई पत्र लेख्दै ढकालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरिएको जनाएको छ । वैशाख ७ गते मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाले कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनलाई समेत बोधार्थ पत्र लेखी उपरोक्त बमोजिमका आर्थिक गतिविधि रोक्का गरिदिन अनुरोध गरेका छन् । तर, मन्त्रालयको निर्णय उलंघन गर्दै अधिकृत ढकालले प्रमुख प्रशासकीय भन्दै आज वैशाख ९ गतेको मितिमा आफ्नो हस्ताक्षर सहित सबै विद्यालयका लागि सार्वजनिक सूचना जारी गरे ।

    यसअघि माडी नगरपालिकामा आउन लागेका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अर्जुन गौतमलाई माडीका वडा नं. ५ वडाध्यक्षले हाजिर नगराउन भन्दै उपप्रमुख ताराकाजी महतोलाई धम्काएका थिए । प्रशासकीय प्रमुखका लागि मेयरले गाडी नपठाएपछि उपमेयरले गाडी पठाएको भन्दै उनले धम्काएको महतोले बताइन ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने आफूहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन अवरोध नगरेको बताए । उनले भने, ‘मैले कुनै पनि कर्मचारीलाई काम गर्न नआउनुहोस् भन्दैन,अरुले गरेका गतिविधिबारे मलाई थाहा छैन ।’

    प्रमुख प्रशासकीयको रुपमा आउन लागेका उपसचिव अर्जुन गौतमले नगरपालिकाबाट विभिन्न नाममा धम्की आउन थालेपछि आफू आउन नसकेको बताए । उनले भने, ‘कर्मचारीको मनोबल गिराउने गरी धम्की दिइयो, म जागिर माडी मात्र होइन अन्यत्र पनि खान सक्छु ।’ नगरपालिका आउने कर्मचारीलाई झन सहज बनाइदिनुपर्नेमा झन् आफ्नो भाग खान आएको जस्तो गतिविधि गर्नु दुःखद भएको बताए । रमना लिइसकेपछि नगरप्रमुख ढकालले नआउन भनेको उनले बताए ।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.