काठमाडौं। कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह उपचारार्थ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।
तीनै जना शनिवार दिउँसो १ बजे भर्ना भएको अस्पतालले जनाएको छ। भारतको कुम्भ मेला पुगेर पूर्वराजा ज्ञानेन्द्र गत आइतबार स्वदेश फर्किएका हुन्। उनले महाकुम्भ स्नान गरेका थिए। उनी पुगेको मेलामा धेरै जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए। धेरै जनामा संक्रमण देखिएपछि त्यहाँ जाँच र उपचार बढाएको छ।
यता पूर्वराजा स्वदेश फर्किएको केही दिनमै उनीसहित परिवारमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनै जनाको अवस्था स्थिर र सामान्य छ।
