बालकृष्ण कार्की
पाल्पा
देशको लागि इमान्दारी ब्यक्तिको खाचो हुन्छ
प्रत्येक नेपालिको हातमा देश निर्माणको साचो हुन्छ
गरिब धनी ठूलो सानो हिडने बाटो एउटै हुन्छ
हाम्रो मृत्यु पछि हामी लाई पुर्ने माटो एउटै हुन्छ
आफ्नो आफ्नो देशको नागरिक देशको उत्तरदायी हुन्छ
मातृभुमी प्रती गहिरो माया देश भक्त लाई हुन्छ
गरिबी र बेरोजगारी निर्मुल पार्न अब उठौ
स्वार्थ त्यागी देश निर्माण गर्न लाई अब जुटौ
भेदभावले गर्दा देशले कष्ट भोग्नु परेको छ
नेपालीले सधै अर्को देशलाइ ढोग्नु परेको छ
के छैन र हामिले गरे हाम्रै देशमा बाच्न सक्छौ
हाम्रो देश लाई चाहिने चिज हामी आफै साट्न सक्छौ
भित्री मनले दाजु भाइ नेपाली हौ भन्न सकौ
धेरै पाटी समेटिएर एउटै पाटी बन्न सकौ
एउटै सोच एउटै बिचार बाट अघि बढन सकौ
भ्रष्टाचारको बिरुद्धमा एकजुट भैइ लडन सकौ
साच्चै जोगि बन्ने मान्छे भोग लाई त्याग्नु पर्छ
इमानदारी नेता बन्न स्वार्थ लाई त्याग्नु पर्छ
लोभ, लालच, इष्या त्यागी भित्री आत्मा शन्त बन
संसारको इतिहासमा देशको महान भक्त बन
